५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी गौतम सम्मानित

म्याग्दी- नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन्।

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिको शनिबार बेनीमा सम्पन्न भएको २०औं साधारणसभाको अवसरमा गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गौतमलाई नगद पाँच हजार रुपैयाँसहित दोसल्ला ओढाएर बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र सहकारीका अध्यक्ष लीलाबहादुर बानियाँले सम्मान गरेका थिए।

कलमको माध्यमबाट जिल्लाका दुर्गम क्षेत्रमा शिक्षाबाट बन्चित भएका र उपचारमा आर्थिक समस्या भएका बिरामीको उपचारमा खेलेको भूमिकाले पत्रकारिताको शीर उच्च बनाएको बताउँदै प्रोत्साहन स्वरुप सम्मान गरिएकोे सहकारीले जनाएको छ।

पत्रकार गौतमले चरम गरिबीकै कारण शिक्षाबाट बन्चित भएका दृष्टिविहीन गोपाल खत्री र अपाङ्ग सोमप्रसाद सापकोटाको समाचारकै आधारमा सहकारीले स्नातक तहसम्मको चार वर्षे शिक्षाका लागि सहयोग आर्थिक सहयोगसमेत गरेको छ।

पत्रकारिता विषयमा स्नातकोत्तर गरेका गौतमले सामाजिक क्षेत्रमा कमल चलाएवापत यसअगाडी बिभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन्। सोही अवसरमा अन्नपूर्ण–७, हिस्तानकी ९ महिनाकी बालिका रियाना रन्तिजालाई आफ्नो कलेजो दान गरी जीवन बचाएका सामाजिक अभियान्ता चन्द्रकुमार केसी र बिमला गौचन सामाजिक क्षेत्रको अभियानमा योगदान पुर्‍याएवापत भारतको नयाँदिल्लीमा डा. भिमराव अम्बेडकर एक्सिलेन्सी सर्भिस अन्तर्राष्ट्रिय अवार्ड–२०१९ बाट सम्मानित भएकोमा कदरपत्र र दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको थियो।

 

प्रकाशित: २८ मंसिर २०७६ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App