१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिककर्मी दङ्गाललाई

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालबाट हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार लिँदै नागरिककर्मी ध्रव दङ्गाल। तस्बिर: नागरिक

सिन्धुपाल्चोक - हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिकका सिन्धुपाल्चोक सम्वाददाता ध्रुव दङ्गालले पाएका छन्। सामाजिक काममा प्रसिद्ध हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले शिक्षा क्षेत्रमा योगदान पु¥याएबापत यस वर्षको पुरस्कार दङ्गार्ल प्रदान गरेको हो।

मेलम्चीस्थित इन्द्रवेश्वरी माविको ४६ औँ वार्षिकोत्सवको अवसरमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पाँच हजार एक सय रुपैयाँ राशीको उक्त पुरस्कार सञ्चारकर्मी दङ्गाललाई प्रदान गरे। शैक्षिक क्षेत्रको विकासमा कलम चलाउने सञ्चारकर्मीलाई संस्थाले इन्द्रेश्वरीको वार्षिकोत्सवको वर्षेनी यो पुरस्कार वितरण गर्दै आएको छ।

संस्थाले सो अवसरमा समाजसेवी शम्भुप्रसाद पाण्डे र पूर्वशिक्षक रामप्रसाद पाण्डेलाई सम्मानित गरेको थियो। संस्थाले इन्द्रेश्वरीमा अध्ययनरत सात विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान ग¥यो। तीन विद्यार्थीले ६ हजार पाँच सय र चार छात्रछात्राले तीन हजार ६ सय रुपैयाँका दरले छात्रवृत्ति पाए। २०६८ मा स्थापित संस्थाले वर्षेनी जेहेन्दार विद्यार्थीलाई पढाइमा सघाउन छात्रवृत्ति प्रदान गर्दै आएको छ।

संस्थाका सचिव सुदर्शन पाण्डेले संस्थाको अक्षय कोषमा रहेको झण्डै साढे एक करोड रुपैयाँबाट सामाजिक काममा सघाउ पु-याउँदै आएको बताए। संस्थाले हाल सिन्धुपाल्चोकसहित काठमाडौँ र धादिङमा शिक्षा, बालबालिका, वृद्धवृद्धा र पिछडिएको बर्गको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ। ‘सामाजिक कामलाई अन्य जिल्लामा पनि विस्तार गर्दै छौँ,’ उनले भने।

कार्यक्रममा मन्त्री दुलालले सबै विकास पूर्वाधारहरुको पूर्वाधार नै शिक्षा रहेको बताए। ‘यसै मान्यता अनुरुप प्रदेश सरकारले शिक्षाको विकासलाई प्राथमिकता दिएर कार्यक्रम अघि सारेको छ,’ उनले भने। एक विद्यालय, एक नर्स कार्यक्रम सफल र प्रभावकारी बनेको बताउँदै उनले मन्त्रालयले अब सामुदायिक विद्यालयमा बस दिने कार्यक्रम ल्याएको बताए। उनले यो वर्ष नमुनाको रुपमा २५ सामुदायिक विद्यालयमा बस बितरण गर्न लागिएको बताए। मन्त्री दुलालले सामुदायिक विद्यालय मर्जको कार्यक्रम ल्याउने तयारी प्रदेश सरकारले गरिरहेको समेत जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०७६ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App