५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी दङ्गाललाई पुरस्कार

वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालबाट हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै नागरिककर्मी ध्रुव दङ्गाल। तस्बिर : नागरिक

सिन्धुपाल्चोक – यस वर्षको हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गालले पाएका छन्। सामाजिक कार्य गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले पत्रकारितामार्फत शिक्षा क्षेत्रमा पु-याएको योगदानबापत सो पुरस्कार सञ्चारकर्मी दङ्गाललाई प्रदान गरेको हो।

मेलम्चीस्थित इन्द्रेश्वरी माविको ४६औं वार्षिकोत्सव अवसरमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पाँच हजार एक सय रुपैयाँ राशिको सो पुरस्कार सञ्चारकर्मी दङ्गाललाई प्रदान गरे। शैक्षिक क्षेत्रको विकासमा कलम चलाउने सञ्चारकर्मीलाई संस्थाले इन्द्रेश्वरीको वार्षिकोत्सव अवसरमा बर्सेनि यो पुरस्कार वितरण गर्दै आएको छ। संस्थाले सो अवसरमा समाजसेवी शम्भुप्रसाद पाण्डे र पूर्वशिक्षक रामप्रसाद पाण्डेलाईसमेत सम्मान गरेको थियो। संस्थाले इन्द्रेश्वरीमा अध्ययनरत सातजना विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरेको छ। तीन विद्यार्थीले ६ हजार पाँच सय र चारजनाले तीन हजार ६ सय रुपैयाँका दरले छात्रवृत्ति पाएका हुन्। २०६८ मा स्थापित संस्थाले बर्सेनि जेहेनदार विद्यार्थीलाई पढाइमा सघाउ पुगोस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको छ।

संस्थाका सचिव सुदर्शन पाण्डेले संस्थाको अक्षयकोषमा रहेको झन्डै साढे एक करोड रुपैयाँबाट सामाजिक काममा सघाउ पु¥याउँदै आएको बताए। संस्थाले हाल सिन्धुपाल्चोकसहित काठमाडौं र धादिङमा शिक्षा क्षेत्रका साथै बालबालिका, वृद्धवृद्धा र पिछडिएका वर्गलाई हित हुने विभिन्न काम गर्दै आएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App