४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

आइसोलेसन र क्वारेन्टिन खाली

हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ। कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ।

क्वारेन्टिनमै आत्महत्या

रोल्पाको क्वारेन्टिनमा रहेका एक युवकले आत्महत्या गरेका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार गत असार १० गते दुबईबाट रोल्पा आएका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउसो झुन्डिएर आत्महत्या गरेका हुन ।

कोरोना नियन्त्रण गर्न क्वारेन्टिनमा कडाइ

चिकित्सकका अनुसार संक्रमण सुरुकै चरणमा छ भने पिसिआर परीक्षण गरे पनि पोजिटिभ देखाउँदैन । तसर्थ कोही कतैबाट आउनेबित्तिकै पिसिआर परीक्षण गराउनुभन्दा व्यवस्थिति क्वारेनटिनमा बसाउनु उचित हुने चिकित्सक बताउँछन् ।

अध्यक्षको होटलमा क्वारेन्टिन

सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ।

‘क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गर्यो’

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उपस्थित भएका मन्त्री त्रिपाठीले क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गरेको बताएका छन्।

क्वारेन्टिन बने लेकसाइडका होटल

कोरोना संक्रमणबीच विभिन्न मुलुकबाट उद्धार गरेर स्वदेश फर्काइएका ८६ जना नेपाली यहाँका होटलमा बसेका छन्। होटललाई क्वारेन्टिन बनाएका उनीहरुले होटलमा बसेबापतको शुल्क आफैले तिर्नेछन्। तेश्रो मुलुकबाट फर्केका तर, होटलमा पैसा तिर्न नसक्ने ९७ जना भने पोखरा महानगरपालिको विभिन्न ११ वटा क्वारेन्टिनमा बसेका छन्।

क्वारेन्टिन कोरोना फैलाउने माध्यम बनेको भन्दै व्यवस्थित बनाउन आग्रह

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले क्वारेन्टिन कोरोना फैलाउने माध्यम बनेको भन्दै यसलाई व्यवस्थित बनाउन आग्रह गरेका छन्। पार्टीले बनाएको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक समेत रहेका डा. महतले मंगलवार बिहान स्वास्थमन्त्री भानुभक्त ढकालसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।

रेडक्रसले बनाइदियो क्वारेन्टिन

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले २० बेडको क्वारेन्टिन बनाइदिएको छ । कोरोना भाइरसको सामना गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्न पाउनेगरी रेडक्रसले दिक्तेलको सरस्वती मविमा क्वारेन्टिन बनाइदिएको हो । आइतबार १० बेडको क्वारेन्टिन बनाइएकामा सोमबार थप १० बेडको क्वारेन्टिन बनाइदिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री छत्रकुमार बजिमयले बताए ।

कोरोना फैलन नदिन आवतजावतमा कडाइ

क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ।

खाली हुँदै क्वारेन्टिन

सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा अघिल्लो सातासम्म भारतलगायत देशकै विभिन्न जिल्लाहरुबाट आएका करिव १५ सय नागरिकहरु थिए ।

मादीका क्वारेन्टिनलाई प्रवासी नेपालीको सहयोग

ताङतिङ समाज युकेका अध्यक्ष लक्ष्यबहादुर गुरुङको पहलमा पठाइएको रकमबाट किनिएको सामान क्वारेन्टिनलाई हस्तान्तरण गरिएको छ।

क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु

दशरथचन्द नगरपालिकाको जगन्नाथ क्याम्पसको क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मोहनसिंह पेलाको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतक दुई महिनादेखि क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्दै आएका थिए।

विदेशबाट फर्केर क्वारेन्टिनसम्म पुग्दाका दु:ख

खाडी मुलुक साउदीमा दिनहुँ अनेकन दुःख झेलेर वर्षदिन काटेका धनुषा बटेश्वर गाउँपालिका—१ चित्रपुरका विजय कुमार महतो स्वदेश फर्किदा झनै उदास देखिन्थे। विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सहजै आइपुगेका उनी काठमाडौँबाट जनकपुरसम्मको भोकभोकै यात्रा र जनकपुरबाट क्वारेन्टिनसम्म आइपुग्न झेलेको दुःख सम्झिदा स्वदेशमा समेत अपनत्व महसुस नगरेको बताँछन्।

क्वारेन्टिनलाई सुरक्षित र व्यवस्थित बनाऊ : सांसद

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकाले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

क्वारेन्टिनबाट भागे २१ जना कोरोना संक्रमित

दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका कोरोना संक्रमितहरु विहीवार राति भागेका छन्। उनीहरु भागेर गाउँतिर लागेपनि नौमुलेमा रहेको ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली कोरोना संक्रमितहरु खोज्न परिचालित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्