२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गर्यो’

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उपस्थित भएका मन्त्री त्रिपाठीले क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गरेको बताएका छन्। स्थानीय तहलाई संविधानले दिएको असाधारण प्रकृतिको अधिकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग भएको बताए । उनले भारतीय सीमासँग जोडिएका स्थानीय तहको भूमिका अझ बढी देखिएको बताए । 

सबैभन्दा पहिला सिमामा रहेका स्थानीय तहमा मानिसहरू आउने भएकाले उनीहरूले गरेको व्यवस्थापन कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भएको मन्त्री त्रिपाठीले बताए । स्थानीय तहले बनाएका क्वारेन्टिनको व्यवस्थापनाका लागि सरकारले पठाउने बजेट मन्त्रालयमार्फत नभई सिधै कोरोना कोषबाट निकासा भएको उनले जानकारी दिए । उनले क्वारेन्टिनमा रहेका व्यक्तिहरूको संख्या र दिन हेरेर बजेट पठाइएको बताए ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएको र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको बताए । यस्तै पछिल्लो समय १० अर्ब कहाँ खर्च भयो भन्ने प्रश्न उठेको र त्यो रकम स्थानीय तहमा मात्र नभई प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयमा निकासा भई खर्च भएको जानकारी समेत गराए । बैठकमा सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गरेको काम र तीन तहका सरकार बीचको समन्वयको बारेमा चासो राखेका थिए । 

प्रकाशित: १६ असार २०७७ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App