१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु

फाइल फाेटाे ।

दशरथचन्द नगरपालिकाको जगन्नाथ क्याम्पसको क्वारेन्टिनमा खाना पकाउने भान्सेको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय मोहनसिंह पेलाको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। मृतक दुई महिनादेखि क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने काम गर्दै आएका थिए।

शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तीको उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। असार ५ गतेदेखि क्वारेन्टिनमा खाना बनाउन छोडेपछि घरमै रहेका उनको मृत्यु भएपछि कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वशन्तराज जोशीले बताए। मृतकको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि धनगढी पठाइने बताइएको छ।

 शव कसरी व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ। आवश्यक सुरक्षा पु¥याएर अन्तिम संस्कारको लागि शव परिवारको जिम्मा दिने वा नेपाली सेनाले व्यवस्थापन गर्नेबारे छलफल भइरहेको डा.जोशीले जानकारी दिए। दशरथचन्द नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित रहेका छन् भने जिल्ला  २ सय ६ जना कोरोना संक्रमित छन्।

प्रकाशित: १३ असार २०७७ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App