२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

जुम्लामा वडाध्यक्षबाटै जातीय विभेद, प्रहरीले जाहेरी लिन मानेन

सिंजा गाउँपालिका–६ मा नेमकिपाबाट निर्वाचित वडा अध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा विवेन्द्र नेपालीमाथि जातीय रूपमा गालीगलौज र कुटपिट गरेका छन्। असार ६ गते वडाध्यक्ष बुढाले गाउँमा खानेपानी आएको भन्दै घरघरमा खानेपानीको दाबी गरेपछि दलितयुवा विवेन्द्रले विरोध गरेका थिए।

व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।

कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट

जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ।

कुटपिटबाट एक किशोरको मृत्यु

मुक्का प्रहार गर्ने धनिमन पुन मगरलाई पक्राउ गरी थप अनुसन्धान गर्नको लागि रोल्पा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ।

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ। राष्ट्रपति विद्यादवी भण्डारीले आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो।

उपचार गर्न नआएको निहुँमा स्वास्थ्यकर्मीमाथि कुटपिट

कोभिड–१९ (कोरोना भाइरस) संक्रमित श्रीमतीको उपचारमा लापरबाही भएको भन्दै हुम्लामा एकजना शिक्षकले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् । चंलेखी गाउँपालिका–४, का अमृत रोकायाले स्वास्थ्यकर्मी कालीबहादुर बुढालाई कुटपिट गरेका हुन् ।

सर्जिकल पसलमा पसेर कुटपिट गर्ने प्रहरी टोलीमाथि छानबिन सुरु

वीरगन्जमा कोभिड–१९ लाई नियन्त्रण गर्न जारी निषेधाज्ञामा प्रहरीले कडाई गर्ने र आममानिसहरुले यसलाई असहज मान्नेक्रममा स्थानीय र प्रहरीबीच सम्बन्ध बिग्रिन थालेको छ।

विद्युत कर्मचारीमाथि इँटा उद्योगीद्वारा कुटपिट

उद्योगले २ लाख १९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता धेरै समयदेखि नतिरेको र हुकिङबाट विद्युत आपुर्ति गरेको सूचनाका आधारमा प्राधिकरणका ५ सदस्यीय टोली उद्योगमा पुगेको थियो

राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट

प्रतियोगीतामा खेलाडीले अनुशासन उल्लंघन गरेको अवस्थामा कारबाहीको प्रकृया अपनाउनुको सट्टा आयोजक रहेको विद्यालयका सह–प्रधानाध्यपकबाटै कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट गरिएको भन्दै दर्शकले विरोध जनाएका छन्।

मेशिन चोरीको आरोपमा स्थानियवासीको कुटपिटबाट एकको मृत्यु

पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।

कुटपिटबाट पुरुषको मृत्यु, पाँच जना पक्राउ

खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् । कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुष पक्राउ परेका हुन् । चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशकुमार खरेलले बताए ।

नगरपालिकाका कर्मचारीमाथि कुटपिट, कारबाही गर्न कर्मचारीको माग

सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्