१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट

खोटाङको साकेला गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी छात्रमाथि शिक्षकबाटै कुटपिट भएको छ। छात्रतर्फको १ हजार ५ सय मिटर दौड प्रतियोगीतामा सहभागी बनेका साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माबिका छात्र दिपेन कार्कीमाथि प्रतियोगीताका सह–आयोजक रहेको साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविका सह–प्रधानाध्यपक प्रकाश राई लगायतबाट कुटपिट भएको हो। 

साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा आयोजित प्रतियोगीतामा शनिबार ग्राउण्डमा कुदिरहेकै अवस्थामा छात्र कार्कीमाथि सह–प्रधानाध्यपक राई, अन्य शिक्षक र स्वयंसेवकबाटै कुटपिट भएको हो। प्रतियोगीतामा खेलाडीले अनुशासन उल्लंघन गरेको अवस्थामा कारबाहीको प्रकृया अपनाउनुको सट्टा आयोजक रहेको विद्यालयका सह–प्रधानाध्यपकबाटै कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट गरिएको भन्दै दर्शकले विरोध जनाएका छन्। स्रोतले पत्रकारलाई उपलव्ध गराएको भिडियोमा समेत दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि आक्रमण भएको देखिन्छ।  

दौड प्रतियोगीतामा कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट भएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष जीवन खत्रीले विज्ञाप्ती जारी गर्दै बिरोध जनाएका छन्। प्रतियोगीतामा सहभागी विद्यार्थीमाथि आयोजक टिमबाटै भएको कुटपिटको घट्ना निन्दनीय र अक्षम्य भएको विज्ञाप्तीमा उल्लेख छ। नेविसंघले राष्ट्रपति रनिङ शिल्डजस्तो गरिमा बोकेको खेल प्रतियोगीतामा खेल संयोजकबाटै गुण्डागर्दी शैलीमा गरिएको कुटपिटको घटनामा संलग्न सबै व्यक्ती उपर कडा कारबाहीको माग गरेको छ। दौडमा सहभागी कार्कीले अर्का प्रतिष्पर्धीलाई बाटो छेकेका कारण सह–प्रधानाध्यपक राई नै आक्रमणमा उत्रेको दावी गरिएको छ।  

साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले राष्ट्रपति रनिङ शिल्डमा भएको विवाद तथा विधार्थीमाथि भएको भनिएको हातपात सम्बन्धि समिक्षात्मक भेला आगामी बैसाख ४ गते बोलाइएको बताए। गाउँपालिका अध्यक्ष खड्काले राजनैतिक दृष्टिकोणबाट अभिप्रेरित भएर चलखेल नगर्न आग्रह गरेका छन्। ‘खेलकुद अनुशासन उल्लंघन गर्ने र घट्नामा संलग्न व्यक्ति तथा संस्थामाथि छानबिन गरि कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछु,’ गाउँपालिका अध्यक्ष खड्काले फेसबुकमा लेखेका छन्, ‘यस अवधिमा सरोकारवाला पक्ष सबैमा संयमित भई धैर्य गर्न अनुरोध गर्दछु। यस घट्नालाई लिएर विभिन्न पक्षबाट भेगीय तथा राजनीतिक दृष्टिकोणबाट अभिप्रेरित भइ गलत उद्धेश्य राखि चलखेल नगर्न समेत अनुरोध गर्दछु।’  

प्रकाशित: ३१ चैत्र २०७७ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App