२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कुटपिटबाट पुरुषको मृत्यु, पाँच जना पक्राउ

खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् । कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुष पक्राउ परेका हुन् । चैत २ गते राती कुटपिट हुँदा गम्भीर घाईते भएका राईको उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजानेक्रममा चैत ३ गते मृत्यु भएपछि पाँच जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशकुमार खरेलले बताए ।  

राती घरमा सुतिरहेकी ३४ वर्षकी महिलाको कोठामा प्रवेश गरेर छुन खोजेको भन्दै पुरुषमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द शाहले बताए । पक्राउ परेका पाँच जनाविरुद्ध बुधबार म्याद थप गरिएको छ । अनुसन्धानपछि मात्र घट्नाको वास्तविकता बाहिर आउने प्रहरी निरीक्षक शाहले बताए ।  

यस्तै, खोटाङमा १४ वर्षीया बालिकासँग एउटै पासोमा झुण्डिनेक्रममा पुरुषको मृत्यु भएको छ । एउटै पासो प्रयोग गरेर झुण्डिनेक्रममा पुरुषको मृत्यु भएको हो । खुट्टाले भुई छोएकाले बालिका भने बाँचेकी छन् । बालिकाको गोप्यताका लागि प्रहरीले उनीहरुको नाम र ठेगाना सार्वजनिक गरेको छैन । मृतक पुरुष भने विवाहित भएको बताइएको छ ।

प्रकाशित: ५ चैत्र २०७७ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App