२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्वयंमसेविका र सुरक्षाकर्मी कोरोना संक्रमणको जोखिममा

राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा १७ जना स्वास्थ्य संस्थाका स्वयंमसेविकाले काम गर्छन्। स्वयंमसेविकाले गर्भवती भएदेखि सुत्केरी नहुँदा सम्म नजिकको स्वास्थ्य संस्था लैजाने देखि सुत्केरी भएको एक साता सम्म जिम्मेवारीका साथ काम गर्ने पर्ने हुन्छ ।

पेरुमा कोरोना संक्रमित एक लाख, तीन हजारको मृत्यु

दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको त्याहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राज्य नदेखेकाहरु, जसलाई केही थाहा छैन

उमेरले सात दशक काटेकी सितली कडा घाम, बर्खे झरी र ठिहिरयाउने चिसोमा खाना र नानाका लागि गिट्टी फुटाउन बाध्य छिन् । उनीसँग बिरामी हुँदा उपचार गर्ने ल्याकत छैन भने काम नगर्दा हातमुख जोर्न समस्या पर्छ ।

‘आरडीटीले झस्काउँछ, पिसिआरले सन्तुष्टि मिल्छ ’

कर्णाली प्रदेशको मुगु जिल्लाको खत्याड गाउँपालिकामा तीन हप्ता अघि भारतबाट आइपुगेका एक जनामा आरडीटी गर्दा कोराना पोजेटिभ देखियो । कोराना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । त्यो साबिकको कर्णालीमा पहिलो थियो । मुगुमा आरडीटी गर्दा कोराना पोजेटिभ देखिएपछि जुम्ला, कालिकोट र हुम्ला जिल्लामा सन्त्रास छायो ।

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, करिव तीन हजारको मृत्यु

विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ ।

कोरोना अपडेटः विश्वभर संक्रमित ५० लाखको हाराहारीमा, ३ लाख २४ हजारको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ ।

धन्न कोरनाको भरिया भइएन !

१० फेबु्रअरी २०२० देखि १७ फेब्रुअरी अर्थात २०७६ माघ २४ देखि फागुन ५ गते सम्म पर्यटन प्रवद्र्धन समिति र स्थानीय जनप्रतिनिधिहरूको टोली इटली भ्रमण भएको थियो । पर्यटन प्रवद्र्धन समितिको अध्यक्षको नाताले म पनि यो टोलीमा सामेल थिएँ । हाम्रो टोली फागुन २५ अर्थात फेब्रुअरी ६ मा इटलीको मिलानो एयरपोर्टमा स्थानीय समयअनुसार १२ः३० तिर पुगेको थियो ।

क्रिमसन अस्पतालले भन्याे, 'मृत्युको झुटो खबर फैलाइयो'

रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका शिक्षकको स्वास्थ्य अवस्था गम्भिर रहेको र उपचार भइरहेको अस्पतालले जनाएको छ । मदाने गाँउपालिका–६ का ४१ वर्षिय ती बिरामीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । ती बिरामीलको अहिले पनि आइसीयु कक्षमा भेन्टिलेटर सहयोगमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भिर रहेको अस्पतालले भर्खरै जारी गरेको बिज्ञप्तीमा जनाइको छ ।

कपिलवस्तुमा अढाई वर्षिय बालक सहित थप १२ जना कोरोना संक्रमण

कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमतिको संख्या ५९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तुमा १२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसको आधिकारिक पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अझै गरी सकेको छैन ।

कोरोना नियन्त्रण नीति : हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै भएको छ

कोरोना महामारीका बेला हाम्रो जन्मभुमिप्रतिको स्नेह बढदै छ । कुनै बेला त्यहीं गाउँलाई खाते गाउँ भन्दै सदाका लागि रंगीन शहरीया जीवन बिताउने सोचमा हानिएका हामीलाई महामारीकै बेला निर्लज्ज कोरोना लिएर गाउँ पस्न मन लाग्दैछ । कुनै बेला एक टुक्रा जमिन समेत नजोगाएर बिक्री गरेर हिँडेका हामीलाई महामारीका बेला त्यहीं गाउँ अति प्यारो किन ?

फ्रन्टलाईनमा काम गर्ने प्रहरी कोरोनाबाट प्रभावित

फ्रन्टलाईनमा काम गर्नेमध्ये नेपाल प्रहरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म ६ जना प्रहरी कोरोना सङ्क्रमित भएका छन् । बुधबार बिहान कालिमाटी वृत्तमा कार्यरत दुई जना प्रहरीमा कोरोना पुस्टी भएपछि सङ्ख्या थपिएको हो ।

‘सरकार निकम्मा बन्यो’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना नियन्त्रणमा सरकार निकम्मा भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मंगलबार भिडियो कन्फरेन्समार्फत भएको बैठकमा निधिले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लामो समय बित्दा पनि सरकारले कुनै योजना नबनाउनु दुःखद भएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्