१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकार निकम्मा बन्यो’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना नियन्त्रणमा सरकार निकम्मा भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मंगलबार भिडियो कन्फरेन्समार्फत भएको बैठकमा निधिले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लामो समय बित्दा पनि सरकारले कुनै योजना नबनाउनु दुःखद भएको बताए ।

कोरोनाको भरपर्दो परीक्षण विधि नहुनु तथा पर्याप्त आइसोलेसन वार्ड र क्वारेन्टिन नहुनुले सरकार यसप्रति कत्तिको गम्भीर छ भन्ने प्रस्ट भएको उनले आरोप लगाए । उपसभापति निधिले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने सबालमा उच्चस्तरीय कूटनीतिक पहल गर्न केपी ओली नेतृत्व सरकार पूर्णतः असफल भएको पनि बताए । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App