१३ जेष्ठ २०७७ मंगलबार
ब्लग

धन्न कोरनाको भरिया भइएन !

१० फेबु्रअरी २०२० देखि १७ फेब्रुअरी अर्थात २०७६ माघ २४ देखि फागुन ५ गते सम्म पर्यटन प्रवद्र्धन समिति र स्थानीय जनप्रतिनिधिहरूको टोली इटली भ्रमण भएको थियो । पर्यटन प्रवद्र्धन समितिको अध्यक्षको नाताले म पनि यो टोलीमा सामेल थिएँ । हाम्रो टोली फागुन २५ अर्थात फेब्रुअरी ६ मा इटलीको मिलानो एयरपोर्टमा स्थानीय समयअनुसार १२ः३० तिर पुगेको थियो । त्यसपछि हामी एयरपोर्टको इमिग्रेसनबाट प्रवेश गर्ने तरखरमा लाग्यौँ । हाम्रो टोलीलाई प्रवेशका निमित्त अलि कडाइ गरियो अर्थात निकै सोधपुछ भयो ।  

इमिग्रेसनका लागि एयरपोर्टमा दुई वटा लाइन थिए । एउटा युरोप र अर्को एसियाली मुलुकका मानिसका लागि प्रवेश मार्ग तोकिएको थियो । सोहीअनुसार हाम्रो टोली एसियाली मुलुकका मानिसको लाइनमा उभियो भने युरोपियनहरू अर्को लाइनमा उभिए । युरोपियनहरूलाई बिना रोकटोक प्रवेश गराइयो तर हामीलाई भने निकै सोधपुछ पश्चात मात्र प्रवेश दिइयो ।

नेपालीहरू चीनको छिमेकी भएकानाताले होला, सुरुमा नै हाम्रो टोलीलाई मिलानो इमिग्रेसनका मानिसले तापमान यन्त्र प्रयोग गरेर कोरोनाको प्रारम्भिक जाँच गरेका थिए । हामी दोहाबाट एउटै एयरवेजमा गएका एसियाली र युरोपियन मुलुकका यात्रुलाई फरक फरक लाइनमा उभ्याएर फरक फरक व्यवहार गर्दा मिलानो प्रवेशमा नै विभेद महसुस भयो ।

इटालीको यो भ्रमणको प्रबन्धमिला उनका लागि पर्यटन प्रवद्र्धन समितिका सचिव रवीन्द्र अधिकारी र गरिमा भोयजको प्रतिनिधि फेद्रिकालाई जिम्मेवारी दिइएको थियो । व्यवस्थापनको जिम्मेवारी लिने साथीहरूले हामीलाई त्यस दिन मिलानो एयरपोर्ट नजिकैको एउटा होटलमा बस्ने व्यवस्था मिलाउनु भएको रहेछ । त्यस दिन हामी त्यही होटलमा बास बस्यौँ । भोलिपल्ट अर्थात फेब्रुअरी ९ मा हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार मिलानो टुरिज्मफेयरमा नेपाल र हाम्रो कार्यक्षेत्रभित्रकाआकर्षक पर्यटकीय स्थलहरूको प्रचारका लागि तयार पारिएका सामग्री सहित सहभागी भयौँ ।  

 

हामीफर्कन केही समय मात्र ढिला गरेको भएअहिलेसम्मपनिइटलीको लकडाउनमैपर्ने रहेछौँ । इटलीबाट फर्कँदाकोरोना संक्रमितभएर फर्किएको भएहामी नै नेपालमाकोरोनाआयातगर्ने मानिसका रूपमादर्ज हुने थियौँ ।

बाहिरको वातावरण निकै ठण्डा भएपनि हाम्रो एक्सपो भएको महल निकै भव्य र पुरै हिटिङ थियो । त्यस महल भित्रको वातावरणले हामी गर्मी याममा छ कि जाडो यामा भनेर छुट्टयाउन कठिन भयो । पहिलो दिन प्रदर्शनी (एक्सपो) उद्घाटनमा संसारभरका झण्डै डेढ लाख जति मानिस भेला भएका थिए भने यसबाहेक एघार सय स्टलहरूमा थपबीस हजार जति मानिस सामेल थिए ।  

टुरिज्म प्रदर्शनी (एक्स पो) सकिएपछि हामी दिउँसो पर्यटकीय स्थल दोभो सहर गयौँ । यहाँ निकै चर्चित म्युजियम, राजतन्त्रको अन्तपश्चातअन्तिम राजाको दरवारमा निर्माण गरिएको रहेछ । म्युजियमको अवलोकन बाहिरबाटै ग¥यौँ । यो म्युजियम रहेको दरवार झण्डै दुई सय फिट अग्लो छ तर पनि पिलर छैनन् । 

इँटाको पर्खाल लगाएर दरबार निर्माण गरिएको छ र पनि विशेष आर्किटेक्टहरूबाट डिजाइन भएकाले होला, यो भवन अहिले पनिउस्तै छ । नेपालको राणाकालीन दरबार जस्ता ठूला ठूला घरयहाँ छन् । पुराना दरवार जस्तो देखिने यी अधिकांश घरमाहोटल सञ्चालन गरिएको पाइयो । सहरको चोकमा एउटा सानो हात्तीको चित्र देखियो । धन, दौलत र सुख शान्तिप्राप्त हुन्छ भन्ने विश्वासका साथत्यो चित्रमाथि कुर्कुच्चाले टेकेर धेरै मानिस परिक्रमागर्दै थिए । हामीले पनि अरुसँगै त्यो हात्तीको चित्र परिक्रमा ग¥यौँ ।

बेलुका रोभेटो सहरमा गएर बास बस्यौँ र भोलिपल्ट बिहान हामी मानडोना गयौँ । यो ठाउँ हिउँको संसार भएको अर्को एउटा पर्यटकीय स्थल रहेछ । हिउँमा स्केटिङ गर्न संसार भरिका मानिस यहाँ आउँदारहेछन् । हामी त्यहाँ गएका बेला अस्ट्रेलिया, बेलायतदेखि हजारौँ मानिस स्नोस्केटिङका लागि आएका थिए ।  

उनीहरू तल हिउँमा स्केटिङ गर्दै थिए भने हामी त्यही रुटको ठीक माथिबाट केबुलकारमा सेयर गर्दै थियौँ । स–साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरू यो खेलमा सहभागी भएका देखियो । ती सहभागीले एक सय बीस भन्दामाथिको स्पिडमा स्केटिङ गरेको देख्दा जति आनन्द आयो त्यति नै डर पनि लागेको थियो । हामी दोस्रो स्टेसनमा गएर बस्यौँ र दिउँसोको खाना खायौँ । होटल पुरै हिउँले ढाकेको थियो, मुटु काप्ने सिरेटो चलेकाले धेरैबेर त्यहाँबस्न सक्ने अवस्था भएन । थोरै समय बसेपछि खाना खाएर हामी त्यहाँबाट फेरि केबुलकारमा स्नो स्केटिङको दृश्य हेर्दै फर्कियौँ । 

मान्डोना, केही दशकअघिसम्म पनि पिछडिएको ठाउँका रूपमा चिनिँदो रहेछ । त्यस बेलाका मानिस खोरिया फाँडेर कोदो, फापर र जुनेलोको खेती गरेर जीवन निर्वाह गर्दा रहेछन् । अहिले यहाँका मानिस निकै धनी, सुखी र सम्पन्न छन् । उनीहरू हिउँको सदुपयोग गरेर नै समृद्ध बनेको सुन्दा प्रकृतिले कहीँ न कहीँ, केही न केही, उपहार दिएको हुन्छ भन्ने कुराको थप पुष्टि भयो । यस क्रममा यहाँका मानिसलाई प्रकृतिले हिउँको बरदान दिएको रहेछ भन्ने लाग्यो ।

फेब्रुअरी १३ मा ट्रेन्टो सहर घुम्यौँ । यो पुरानो सहर हो । यो सहर अवलोकन पश्चात बेलुका स्याटसँगको बैठकमा हामी सामेल भयौँ । स्याट इटालीको पर्यटनको क्षेत्रमा काम गर्ने एक अर्धसरकारी र निकै पुरानो संस्थाहो । स्याटसँगको बेलुकाको बैठकमा हामीले सिन्धुपाल्चोकका पाँचवटा पालिकाक्रमशः मेलम्ची, पाँचपोखरी, हेलम्बु, इन्द्रावती र जुगल गाउँपालिकामा तत्कालदेखि सञ्चालनमा आउन सक्ने पर्यटन विकास कार्यक्रम बारेमा छलफल गर्यौँ । 

यो पर्यटकीय नगर ट्रेन्टो र मेलम्ची नगरपालिका एकापसमा भगिनी सम्बन्धका लागि प्रस्तावित पालिका हुन् । त्यहाँको नगरपालिकाका जनप्रतिनिधिहरूसँग भने हाम्रो कुराकानी हुन पाएन । बैठक सम्पन्न भए पश्चात उल्लिखित पालिकालगायत समग्र नेपालको पर्यटन क्षेत्रलाई समेटेर तयार पारिएको वृत्तचित्रको समीक्षा गर्दै पुनः कतिपय छुटेका विषयलाई समेटेर वृत्तचित्रलाई पूर्णता दिने सहमति भयो ।  

भोलिपल्ट बिहानअर्थात फेब्रुअरी १४ मा भेनिस सहर गयौँ । यो सहर निकै पुरानो र छोटो आयु भएको सुन्दर पर्यटकीय स्थलका रूपमा परिचित रहेछ । यहाँका घर एक सय पचास वर्ष भन्दा पुराना छन् । यसलाई पानीको सहरभन्दा पनि फरक पर्दैन । यहाँका सबै गल्लीको निर्माण पानीबाटै भएको छ । प्रायजसो बस्तीवा घर सम्म पुग्न डुँगा प्रयोग हुन्छ । यसका लागि हरेक टोलको बीचमा जलमार्ग बनाइएको छ । झट्ट हेर्दा असन इन्द्रचोक जस्तो लाग्ने यो सहरका होटल छ महिना अघिदेखि बुक हुँंदारहेछन् ।

 ५० देखि ६० मि.समुन्द्र सतहको उचाइमा रहेको यो सहरमा यही क्रमले समुन्द्र सतहबाट पानीको मात्रा बढ्दै जाने हो भने केही दशकभित्र यस सहरको अस्तित्व समाप्तहुने पक्का छ भन्ने कुराले पनि पछिल्लो समय पर्यटकहरूको आकर्षण झनै बढ्दो क्रममा रहेको पाइयो । अन्तिम दिन हामी गारदहताल गयौँ । यो ठाउँमा गर्मीको मौसममा संसारभरका मानिस डुंगा वाजहाजमा यात्रा गर्न आउँदा रहेछन् । यो ताल तीनवटा जिल्लासम्म फैलिएको छ र तिनै जिल्लाले तालबाट ठूलो आम्दानी गराउँछन् ।  

इटालीले पर्यटनको क्षेत्रबाट सबै भन्दा बढी राजस्व संकलन गर्ने भएकाले हाम्रो ठाउँको पर्यटन प्रवद्र्धनमा इटालीबाट केसिक्न सकिन्छ ? भन्ने कुराको अध्ययन गर्ने उद्देश्यबाट यो भ्रमण आयोजना भएको थियो । यस विषयको अध्ययन अवलोकन सकेर फेब्रुअरी १६मा इटलीबाट हामी स्वदेश फर्कियौँ ।  

इटलीको यो भ्रमणका क्रममा संसारका विभिन्न देशबाट आएका लाखौँ मानिससँग हाम्रो भेट भएको थियो । त्यहाँबाट फर्किएपछि लगत्तै इटलीमा कोरोना भाइरसको महामारी फैलियो र एक्सपो सञ्चालन भएको ठाउँ मिलानो सबै भन्दा धेरै प्रभावित भयो । जहाँ कोरोनाले ३१ हजार भन्दा बढी इटलियनहरूको ज्यान लियो ।

हामीफर्कन केही समयमात्र ढिला गरेको भएअहिलेसम्म पनि इटलीको लकडाउनमै पर्ने रहेछौँ । इटलीबाट फर्कँदा कोरोना संक्रमित भएर फर्किएको भए हामी नै नेपालमा कोरोना आयात गर्ने मानिसका रूपमा दर्ज हुने थियौँ । यिनीहरू, स्वदेश नफर्किएका अथवा इटली नगएका भए कोरोना नेपालमा आउने थिएन भनेर पनि मानिस अनुमान गरिरहेका हुने थिए होला । यदि त्यो अवस्था आएको भए नेपालमा कोरोना आयात गर्ने भरियाका रूपमा सदाका लागि हामी माथि दाग लाग्ने थियो ।

प्रकाशित: ७ जेष्ठ २०७७ १३:४९ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 100%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App