२० आश्विन २०८१ आइतबार
image/svg+xml

संक्रमणबाट बँचाउन अनुगमनमा कडाई

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।

प्रदेश २ मा एकैदिन थपिए २४६ संक्रमित

प्रदेश २ मा बुधबार एकैदिन २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार पर्सामा ५४ जना संक्रमित थपिएका छन्।

बाराका थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका जिल्लाका थप दुई जना कोरोना भाइरस संक्रमितको मंगलबार मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

प्रदेश १ मा १ सय ९ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

प्रदेश १ मा ४९ जना संक्रमित मंगलबार डिस्चार्ज भइरहँदा १ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिएकामा २९ महिला र ८० पुरुष छन्। मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

महामारीकाे मारमा महिला

गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर परेको छ। उनीहरुले स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने अस्पताल जान पनि डराउनुपर्ने अवस्था छ।

आठ दिनमा ५६ संक्रमितको मृत्यु

सरकारले समुदाय स्तरमा परीक्षण नगरी हचुवाका भरमा संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो बनायो। त्यसैको परिणाम मृत्युदर बढेको विज्ञहरूको अनुमान छ।

नेपालमा पनि परीक्षण गर्न छलफल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ। सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ।

थप ७ सय ४३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

रोजगारी गुम्दा बढ्ने भयो गरिबी

कोभिडका कारण ज्यालादारी गर्ने, करारमा काम गर्ने, निजी क्षेत्रमा काम गर्ने र सानोतिनो व्यवसाय गर्नेले आम्दानी गुमाएका छन्। ठूला उद्योगीको नाफा स्वात्तै घटेको छ। यी विभिन्न पक्षले सहरी बेरोजगारी बढाएको छ। लकडाउन, निषेधाज्ञाका कारण सहज आपूर्ति नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ ।

औद्योगिक क्षेत्रका मजदुरमा फैलिँदै संक्रमण

सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवी उद्योगमा काम गर्ने मजदुरमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ। दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएपछि केही मजदुरको पिसिआर परीक्षण गर्दा १० जनाको पोजेटिभ पुष्टि भएको हो।

परीक्षण दायरा बढेसँगै थपिए संक्रमित, बिरामी व्यवस्थापनमा कठिनाइ

बिहीबार र शुक्रबारको मात्र रेकर्ड हेर्ने हो भने निको हुनेको संख्या पनि घट्न थालेको छ। बिहीबार २ सय ६४ संक्रमित निको भएका थिए भने शुक्रबार २ सय ५० जना मात्र निको भए। बिहीबारको तुलनमा शुक्रबार निको हुनेको संख्या १४ जनाले कम हो।

कोरोनाको उच्च जोखिममा सडक सफाइ कर्मचारी

वीरेन्द्रनगर–१० पिपिराका ३४ वर्षीय बलबहादुर खत्रीले वीरेन्द्रनगरको चार लेन सडक सफाइ गर्दै आएका छन् । उनको मुखमा पुरानो माक्स छ । हातमा पन्जा छैन । सडक छेउ तथा नालामा गुट्का खाएर यत्रतत्र फालिएका फोहोर र माक्स छन् ।

प्रदेश २ मा थपिए १ सय ८० संक्रमित, एकको मृत्यु

प्रदेश २ मा बिहिबार १ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ ।

संक्रमणको जोखिममा विमानस्थल

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने उद्धार उडानका क्रममा एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ। कोरोना भाइरस महामारीका कारण सरकारले अहिले नियमित उडान बन्द गरेको छ। तर, सडक यातायात सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान भइरहेका छन्। मापदण्डबिना उद्धार उडान गरिँदा विमानस्थलभित्र कोरोना संक्रमण जोखिम बढेको हो।

उपत्यकामा ह्वात्तै बढे संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। एकैदिन संक्रमितको यो संख्या हालसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा १ सय ६८ जना संक्रमित भएको जानकारी दिएको थियो। साँझ थप ६७ जनामा संक्रमण पुष्टि भयो। योसँगै उपत्यकामा मात्रै कुल संक्रमित संख्या २ हजार २ सय १ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्