९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्यूयोर्कमा विमान दुर्घटना, उडान प्रभावित

दुर्घटनाग्रस्त एयर क्यानाडा एक्सप्रेसको विमान। तस्बिरः सामाजिक सञ्जाल

सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन्।  

एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ।  

विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा सक्रिय प्रतिक्रिया जनाएका छन्।

संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको छ र स्थानीय आपत्कालीन प्राधिकरणले यात्रु तथा यातायातमा रद्द र ढिलाइ हुने चेतावनी दिएको छ।

अहिलेसम्म यस दुर्घटनामा कति घाइते भएका छन् भन्ने आधिकारिक पुष्टि नभएको र घटनाको जाँच जारी रहेको अधिकारीहरूले जनाएका छन्। एएफपी

प्रकाशित: ९ चैत्र २०८२ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App