मिलन तामाङ निर्देशित चलचित्र ‘माइतिघर’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी अभिनेत्री दिकिला शेर्पाले यस वर्षको ‘मिस इन्डिया’ मा प्रतिस्पर्धा गर्ने भएकी छिन्।
उनले ६१औँ ‘फेमिना मिस इन्डिया २०२६’मा पूर्वोत्तर भारतीय राज्य सिक्किमको प्रतिनिधित्व गर्ने भएकी हुन्।
‘फेमिना मिस इन्डिया २०२६’ आगामी अप्रिल १८ देखि ओडिशा राज्यको भुवनेश्वरमा आयोजना हुने तयारीमा छ। उक्त प्रतियोगितामा विभिन्न राज्यका सुन्दरीहरु सहभागी हुने भएका छन्।
मिस इन्डिया अर्गनाइजेसनले समाजिक सन्जाल इन्स्टाग्रामबाट प्रतियोगितामा सहभागी हुन विभिन्न राज्यका सुन्दरीको सूची सार्वजनिक गरेको छ। जसमा दिकिलाले सिक्किमबाट प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ।
खास नाम पासाङ डीकी शेर्पा भएपनि उनी दिकिला शेर्पा नामले परिचित छिन्।
प्रकाशित: ९ चैत्र २०८२ १४:२६ सोमबार





