९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

यो वर्ष वन डढेलोका घटना कम हुने मन्त्रालयको दावी

फाइल तस्बिर

सरकारले यो वर्ष वन डढेलोका घटना कम हुने दावी गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन डढेलोको घटना हुने सम्भावना कम रहेको बताए ।

काठमाडौंमा सोमबार आयोजित वन डढेलो सम्बन्धी कार्यक्रममा सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको बताए ।

हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरूरु कुहिने भएकाले पनि प्राकृतिक रूपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उनको तर्क छ ।

सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताए ।

उनले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताए ।

प्रकाशित: ९ चैत्र २०८२ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App