नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार धरान र वीराटनगरमा गरिएका परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमित मध्ये झापाको कचनकवच गाउँपालिकाका १८ देखि ४६ वर्ष समूहका १५ जना पुरुष, धनकुटाका १ पुरुष र धरानका एक महिला रहेका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको मन्त्रत्रालयले जनाएको छ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
प्रकाशित: ८ जेष्ठ २०७७ ०१:४३ बिहीबार