coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वयंमसेविका र सुरक्षाकर्मी कोरोना संक्रमणको जोखिममा

राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा १७ जना स्वास्थ्य संस्थाका स्वयंमसेविकाले काम गर्छन्। स्वयंमसेविकाले गर्भवती भएदेखि सुत्केरी नहुँदा सम्म नजिकको स्वास्थ्य संस्था लैजाने देखि सुत्केरी भएको एक साता सम्म जिम्मेवारीका साथ काम गर्ने पर्ने हुन्छ ।  

सुत्केरीको बच्चाले खोप लगाएको छ वा छैन त्यो पनि स्वयंमसेविकाको जिम्मेवारी भित्र पर्छ । बिसिजी, रुबेला, दादुरा, डिपिटि, पेन्टा र जेई लगायतका खोप लगाउँनका लागि स्वास्थ्य संस्थालले स्वयंमसेविकालाई घरघरै   परिचालित गर्छ ।

खोप नलगाएका बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउँने काम स्वयंमसेविकाको भएको खैरीचन्दनपुरकि रमा शर्मा(नाम परिवर्तन)ले बताईन्।

ग्रामिण भेगमा स्वास्थ्य संस्थाले सुत्केरी नगराएर रिफर गर्ने चलन छ ।आफ्नो एरियाको सुत्केरी एम्बुलेन्समा लिएर सुत्केरीलाइ स्याहार गर्ने काममा स्वयंमसेविका खटिन्छन्।

‘कहिले काहिँ एम्बुलेन्समा लैजादै सुत्केरी हुन्छन,’ उनले भनिन्, ‘स्वास्थ्य सामाग्री बिहिन भएर काम गर्नुपर्छ, त्यस्तो अवस्थामा सुत्केरी र आफुलाई जोखिमको त्रास हुन्छ ।’ कुनै पनि निकायले अहिले सम्म मास्क र सेनिटाईजर समेत उपलब्ध नगराएको उनले बताईन्।

‘दुई चारवटा मास्क र सेनिटाईजर दिँदा हामी जस्तालाई पनि संक्रमण जोखिम कम हुन्थ्यो कि ?’ उनले प्रतिप्रश्न गरिन्।

यस्तै, नेपाल भारतको सीमा क्षेत्र कोठियाघाट जस्ता संवेदनसिल ठाउँमा खटिने प्रहरीको पिडा पनि उस्तै छ । डियुटिमा खटिएका प्रहरीलाई नागरिक संवादाताको जिज्ञाशामा अहिले सम्म दुई वटा मेडिकल मास्क मात्र पाएको उनले सुनाए । ‘कार्यालयले अहिले सम्म दुईवाट मास्क मात्र दिएको छ, तर सधै डियूटि पर्छ’ नाम नखोल्ने सर्तमा उनले भने, ‘पेट पाल्न जोखिम उठाउँनको बिकल्प छैन, बोल्ने भने जागिर जान्छ ।’

नेपाल भारतको सीमावर्तीमा अधिकांश ठाउँमा विना सुरक्षा कवज सुरक्षाकर्मीलाई राज्यले खटाएको छ । जोखिम मोलेर काम गर्ने व्यक्ति वा संस्थालाई उपलब्ध गराउँन पर्ने लाखौको समाना कहा जान्छ भन्ने बिषय उठ्न पर्ने पिडितको भनाई छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा बसेर काम गर्ने जिल्लाका सुरक्षाकर्मी र स्वास्थ्य सेवाका लागि अहोरात्र खटिने स्वास्थ्य स्वयंमसेविका कोरोनाको संक्रमणको जोखिममा रहेको पाईएको हो ।  

स्वास्थ्य सामाग्री उपलब्ध नहुँदा संक्रमण जोखिम मोलेर काम गरिरहेको स्वयंमसेविका र सुरक्षाकर्मी कोरोना संक्रमणको त्रासमा रहेको उनले सुनाए । कहिले काहि मान्छे पक्राउँ गर्दा सेनिटाईजर लगाउँदा वा पंन्जा पाएको भए काम गर्न मनोबल बढ्ने उनी बताउँछन्।

डेढ महिना लामो लकडाउँनमा सडकमा डियुटि गर्ने नेपाल प्रहरी र स्वास्थ्य संस्थाका स्वयंमसेविका स्वास्थ्य सामाग्री बिना काम गर्दा कोरोनाको संक्रमणको त्रास बढेको छ ।  

कोरोना संक्रमण फैलिन नदिन प्रमुख भुमिका निभाउँने मध्येमा पर्ने कर्मचारी स्वास्थ्य सामाग्री बिहिन हुनु दुख लाग्दो भएको स्थानीय कृष्ण शाहले बताए । सर्वसाधरणको घरघरै पुग्ने सरकारका प्रतिनिधि दुबै हुन, यिनलाई प्रयाप्त स्वास्थ्य सामाग्री दिनु पर्ने हो,’ उनले भने,  ‘आफै असुरक्षित भएर काम गरिरहेका छन् ।’  

फ्रन्टलाईनमा बस्ने स्वास्थ्य र सुरक्षा सेवामा खटिनेलाई स्वास्थ्यसामाग्री प्रयाप्त दिनका लागि नेपाल सरकारले सर्कुलर गरेको छ ।

तर,नेपाल सरकारका सर्कुलरलाई समेत जिम्मेवारी निकायले लत्याइएको तथ्य फेला परेको छ । त्यस्ता व्यक्ति लाई नै स्वास्थ्य सामाग्री नदिनु, अनुगमन नहुनु जिम्मेवार निकायको लापरबाही भएको उनको भनाई छ ।

बिपद व्यवस्थापन समितिमा एक लाख १५ हजार थान मास्क र पाँच सय एमएलको पाँच सय दुई थान सेनिटाईजर प्राप्त भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सुचना व्यस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।  

त्यस मध्येबाट स्वास्थ्य कार्यालयले १८ हजार १ सय मास्क र सेनिटाईजर पाँच सय एमएलको सय थानको बुझेको देखिन्छ । 

यस्तै प्रहरीले नौ हजार मास्क र पाँच सय एमलको बोतल सेनिटाईजर ७७ थान बुझेको रेकर्डले देखाउँछ । त्यसबाहेका दातृ निकायले प्रहरी र स्वास्थ्य कार्यालयलाई पटक पटक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

‘बिपद व्यबस्थापन समितिमा जम्मा भएको सामान जस्को नाममा आउँछ हामीले सम्बन्धित निकायलाई दिन्छाैं,’ उनले भने । तर,जिल्लामा प्रयाप्त सामाग्री भएपनि फिल्ड नपुग्दा तल्लो तहमा काम गर्ने कर्मचारी नै जोखिम रहेको तथ्य सार्वजनिक भएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ १५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App