२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतबाट नेपाली भित्रिए संगै जुम्लामा उच्च सतर्कता

पछिल्लो समयमा भारतबाट नेपाली भित्रिने क्रम बढेपछि जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिनेहरुको व्यवस्थापन र स्वास्थ्य सुरक्षाका बिषयमा सतर्कता अपनाउन थालिएको हो । जिल्ला विपद व्यवस्थापन समिति जुम्लाको आईतबार बसेको बैठकले भारत देखि भित्रिने नागरिकको उचित व्यवस्थापन र रेखदेखका लागि क्वारेन्टिनको प्राथमिकिकरण गरेको हो ।

चीनले महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने

चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ ।

काेराेनाकाे उच्च जोखिममा सुदूरपश्चिम, भारतबाट आएकालाई परीक्षण नै नगरी गाउँ पठाइँदै

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेको दुई महिना पुगेको छ। चैत ११ गते लकडाउनसँगै अन्तराष्ट्रिय सीमापनि बन्द गरिएका थिए। भारतमा रहेका नेपालीलाई उतै बस्न लगाउने र सीमामा प्रवेश नदिने निर्णयबाट सरकार दुई महिनापछि पछाडि हटेको छ।

रौतहटको क्वारेन्टिनमा तीन हजार मानिस

रौतहटको क्वारेन्टिनमा भारतबाट आउनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । जिल्लाको विभिन्न २६ क्वारेन्टिनमा बस्नेको संख्या करिब तीन हजार पुगेको छ ।

खर्च कटौती गर्न निर्मम बन्नुपर्छ

कोभिडमुक्त हुने, राहत र सीपसँग जोडेर रोजगारी सिर्जना गर्ने, कृषि उत्पादन बढाउने, उद्योगी–व्यवसायीको संकटमोचन गर्ने बजेट ल्याउनुपर्छ।

कराँची जेलमा तीनसय संक्रमित

पाकिस्तानको कराँचीस्थित जेलमा तीन सय भन्दा बढी बन्दी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् ।

भारतबाट आएका थिए तीनै जना संक्रमित

कोरोना संक्रमण पुष्टि भएका सुर्खेतका तीनै जना भारतबाट आएको पाइएको छ । संक्रमित मध्ये चौकुने गाउँपालिका–८ का ३२ वर्षीय युवक भारतको मुम्वईबाट आएका हुन् भने बराहताल गाउँपालिका–९ का २५ वर्षीय युवक र २२ वर्षीया महिला भारतको राजधानी नयाँँ दिल्लीबाट आएका हुन् ।

भारतको क्वारेन्टिनमा बसेको युवकमा कोरोना संक्रमित

भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो ।

साढे १३ खर्बभन्दा बढीको बजेट स्रोतले थेग्दैन

बजेटमा कोरोनाको परीक्षण, उपचार, पोषण, स्वास्थ्य पूर्वाधार, कृषि, शिक्षा, रोजगारी सिर्जना, स्वच्छ ऊर्जा, डिजिटलाइजेसनलाई प्राथमिकता दिनुपर्छ।

सुरक्षा सामग्री अभावले जोखिम

सरकारले कोरोनामा महामारीविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई आवश्यक सुरक्षा सामग्री पुर्याउन नसक्दा उनीहरूमा संक्रमणको जोखिम बढेको छ । पिपिई, मास्क, पन्जा, स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीमा सहज नहुँदा महामारीविरुद्ध खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी बढी जोखिममा परेका हुन् ।

बाराका ६ संक्रमित भारतबाट आएका थिए

सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। शुक्रबार पुष्टि गरिएको ६ जनासँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ । यस अघि पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो।

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

संक्रमितलाई बौक्न मान्दैन एम्बुलेन्स

तीन दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी उपमहानगर–२ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । उनलाई विराटनगरस्थित कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो ।

भारतबाट दैनिक सयौँ मानिस भित्रिँदै: जिल्लामा त्रास बढ्दो

लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो। सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो।

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने

विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्