८ वैशाख २०८१ शनिबार
समाज

रौतहटको क्वारेन्टिनमा तीन हजार मानिस

रौतहटको क्वारेन्टिनमा भारतबाट आउनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । जिल्लाको विभिन्न २६ क्वारेन्टिनमा बस्नेको संख्या करिब तीन हजार पुगेको छ ।  

रौतहटको मौलापुर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा २८ जना, गुजरा नपामा ५६ जना, चन्द्रपुर नपामा ७३ जना, वृन्दावन र गढीमाई नपामा गरी १२५ जना, माधव नारायण नपामा ४८ जना, गौर नपामा १०४ जना, राजदेवी नपामा ६२ जना, परोहा नपामा १५० जना, ईशनाथ नपामा ७०० जना, राजपुर नपामा ६८१ जना, देवाही गोनाही नपामा २७१ जना, बौधीमाई नपामा ५८ जना, कटहरिया नपामा १०२ जना, फतुवा विजयपुर नपामा १० जना, गरुडा नपामा ५३ जना तथा यमुनामाई गाउँपालिकामा ६४ र दुर्गा भगवती गाउँपालिकामा ३३ जना रहेका छन् ।  

देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल इन्टिच्युट क्वारेन्टिनमा नौ जना पाकिस्तानी पनि रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टिनमा बढ्दो चापलाई विचार गर्दै ५०० बेडको आइसोलेसन निर्माणको गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा हाल ४० बेडको आइसोलेसन बेड रहेको छ । आइसोलेसनमा एक महिलासहित १८ जना रहेका छन् ।

प्रकाशित: ११ जेष्ठ २०७७ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App