coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट आएका थिए तीनै जना संक्रमित

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा सञ्चालित कोरोना विशेष अस्पताल । तस्बिर : नगेन्द्र उपाध्याय / नागरिक।

कोरोना संक्रमण पुष्टि  भएका सुर्खेतका तीनै जना भारतबाट आएको पाइएको छ । संक्रमित मध्ये चौकुने गाउँपालिका–८ का ३२ वर्षीय युवक भारतको मुम्वईबाट आएका हुन् भने बराहताल गाउँपालिका–९ का २५ वर्षीय युवक र २२ वर्षीया महिला भारतको राजधानी नयाँँ दिल्लीबाट आएका हुन् ।

मुम्वईको गोरेगाउँस्थित एक रेष्टुरेन्टमा मजदुरी गर्ने चौकुनेका युवा जेठ दुई गते ट्रक चढेर नेपाल आएका थिए । एउटै ट्रकमा उनीसँगै चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका ६८ जना थिए । ट्रकमा पाँच दिन लगाएर उनीहरु रुपैडीहा नाका पुगेका थिए । एउटै ट्रकमा आएका ६८ जना दुई दिनसम्म भारतले सीमामा सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । बिहीबार भारतीय सीमाबाट भित्रिएका कर्णालीका नागरिकहरुलाई बबईमा  र्‍यापिड  डायग्नोस्टिक टेस्ट (आरडीटी) टेष्ट गरिएको थियो । सात सय ४० को  र्‍यापिड  टेष्ट गर्दा १५ जनामा कोरोना संक्रमण गरिएको थियो ।  

र्‍यापिड  टेष्टमा पोजेटिभ देखिएका १५ जनालाई वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखेर पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गरिएको थियो । पीसीआर गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

बराहतालका २५ वर्षीय युवक र २२ वर्षीया महिला भारतको राजधानी दिल्लीबाट आएका हुन् । दुबै श्रीमान–श्रीमति हुन् । दुबै जनालाई कोरोना पोजेटिभ देखिएपनि सँगै रहेकी चार वर्षीया छोरीमा कोरोना देखिएको छैन् । ‘बालिकाको पनि पीसीआर जाँच गरेका थियौं,’ कोरोना विशेष अस्पतालका फोकलपर्सन डा. केएन पौडेलले भने, ‘बालिकामा कोरोना संक्रमण छैन् ।’ बालिकालाई आमा–बुवासँगै आइसोलेसनमा राखिएको छ ।

डा. पौडेलका अनुसार २५ वर्षीय पुरुष, २२ वर्षीया महिला र चार वर्षकी बालिका भारतको राजधानी नयाँ दिल्लीबाट आएका हुन्  । उनीहरु दुबै जना दुई दिनसम् मभारतीय क्वारेन्टिमा पनि बसेका थिए । २५ वर्षीय पुरुष नयाँ दिल्लीको भुवापुरस्थित एक होटलमा वेटरको काम गर्थे । श्रीमती विरामी भएपछि फागुन २८ गते घर आएका ति पुरुषले श्रीमतीसहित चार वर्षीया छोरीलाई लगेर दिल्ली गरेका थिए । ‘गएका दुई–चार दिनमै लकडाउन सुरु भयो,’ ति पुरुषले नागरिकसँग भने, ‘श्रीमातीको राम्रोसँग उपचार पनि गर्न पाइएन् ।’

संक्रमितको संख्या चार पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिबार सुर्खेतका तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या चार पुगेको हो । यसअघि दैलेखका एक युवामा कोरोना संक्रमण देखिएको थियो । चार जना संक्रमितसँगै एक बालिकालाई कर्णाली प्रदेश अस्पतालमा सञ्चालनमा ल्याइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित: १० जेष्ठ २०७७ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App