५ आश्विन २०८१ शनिबार
image/svg+xml

अक्सिजन कोटा तोकिएपछि अस्पतालले बिरामी लिन छाडे

काठमाडौंका केही ठूला अस्पतालले पर्याप्त अक्सिजनको अभावमा हाललाई कोभिड–१९ बाट संक्रमित नयाँ बिरामी भर्ना गर्न नसकिने र भर्ना भएका बिरामीको उपचार पनि कठिन हुन सक्ने बताएका छन्।

बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो।

कोरोना संक्रमितले भरिएपछि अन्य बिरामीलाई सास्ती

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालहरूमा संक्रमित तथा कोरोनाको लक्षण भएका बिरामी बढेपछि अन्य स्वास्थ्य समस्या भएका बिरामीहरू उपचारबाट वञ्चित हुन थालेका छन्। टीकापुर अस्पतालले इमरजेन्सी बाहेकका सेवा बन्द गरेको छ।

अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु

अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।

रौतहटमा अक्सिजनको कमीले बिरामी मर्न दिँदैनौं: प्रहरी उपरीक्षक शाह

देशभर कोभिडका बिरामीलाई अक्सिजनको हाहाकार भइरहेको समयमा रौतहट प्रहरीले कोभिडका विरामीलाई अक्सिजनको कमी हुन नदिने बताएको छ।

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

अक्सिजन अभाव भएपछि भैरहवाको भिमले बिरामी भर्ना लिन छोड्यो

अक्सिजन अभाव भएपछि कोभिड १९ का बिरामीहरुको उपचार गर्दै आएको भैरहवाको भिम अस्पालले पनि बिरामी भर्ना लिन छोडेको छ। कोभिड १९ का बिरामीको चाप अत्यधिक बढेको तर अक्सिजनको आपूर्ति भने माग अनुरुप हुन नसकेकाले थप संक्रमितलाई भर्ना लिन समस्या भइरहेको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताए।

लङ कोभिड बिरामीलाई ध्यान दिन जरुरी

बेलायतमा लङ कोभिडबाट प्रभावित ५ मध्ये ३ जनाले आफ्नो नियमित क्रियाकलाप केही हिसाबले सीमित भएको र ५ मध्ये एकजनाले नियमित क्रियाकलापमा अत्यधिक प्रभाव परेको बताएका छन्।

आफैं बिरामी तर रोकिएन संक्रमितको उपचार

बर्मासहित मेडिकल कलेजमा कार्यरत अन्य थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन्। अस्वस्थ भए पनि ड्युटी निभाउनुलाई डा. बर्मा आफ्नो दायित्व र कर्तव्य सम्झिन्छन्। उनले थपे, ‘अस्पतालले त मलाई बिदामा बस्नुस् भनेको हो, तर मैले यस्तो महामारीको बेलामा बिरामीको उपचार गर्न छाडेर बिदामा बस्न सकिन।’

छटपटाउँदै बिरामी योजनाविहीन प्रदेश सरकार

प्रदेशमा भएका चारवटै सरकारी कोभिड अस्पतालमा बेड नपाएर बिरामीको ज्यानै जार्ने अवस्था आउन लागिसक्दा समेत प्रदेश सरकारले अस्पताल वा बेड संख्या बढाउने तर्फ कुनै चासो नै देखाएको छैन। न त यससम्बन्धी ठोस निर्णय गरेर एक्सनमा जान सकेको छ। हाल सञ्चालित सरकारी अस्पतालहरूले बिरामीको चाप थेग्न नसक्ने बताईसकेका छन्।

बिरामीलाई बेड अभाव, अक्सिजन पुर्‍याउनै हम्मे

भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। संक्रमितको चाप अत्यधिक बढेपछि भेरी अस्पतालले शुक्रबार अस्पतालको अन्य वार्डमा पनि बिरामी भर्ना गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिभराउ भइसकेको छ।

दोस्रो लहरको कोरोना कहर: ‘गम्भीर बिरामीलाई बचाउनै मुस्किल’

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा. प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए।

संक्रमितको संख्या अत्याधिक रुपले बढ्दै, बिरामीका लागि शय्या अभाव

उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर बाहिरै बस्नु परेको छ। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पनि खाली छैन। अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको संख्या बढ्ने मृत्यदर थपिने गरेका छन्।

सङ्क्रमित बिरामीका लागि शय्या अभाव

अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ। भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए।

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएकोे हो। सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्