१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अस्पताल घुमाउँदा घुमाउँदै बेड नपाएर बिरामीको मृत्यु

अस्पताल घुमाउँदा घुमाउँदै इटहरीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा निकै समस्या भएपछि इटहरी वडा नं. ५ का ५५ वर्षीय रमेश राईंलाई आइतबार मध्यरात १२ बजेतिर हस्पिटल लगेपनि बेड नपाएर घुमाउँदा घुमाउँँदै मृत्यु भएको हो । उनको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।  

घटनाक्रम अनुसार रमेशलाईं छ दिनअघि हल्का ज्वरो आएको थियो । स्थानीय स्वास्थ्यकर्मीले सिजनल ज्वरो  भनेपछि सूर्यले ज्वरोको औषधी प्रयोग गरे । तर, झन झन स्वास्थ्य कमजोर भएको महसुस हुँदै गएपछि शनिबार इटहरी हस्पिटलमा गएर कोरोनाको स्वाब दिए ।  

आइतबार बिहानदेखि नै स्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन खोजेर घरमै जडान गरे । साँझतिर इटहरी हस्पिटलका स्वास्थ्यकर्मीलाईं थुप्रैपटक फोन गरेपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको पनि पुष्टि भयो । कोरोनाको रिपोर्ट पोजेटिभ आएसँगै रमेशलाईं राति सारो पारेपछि मध्यरातमा एम्बुलेन्स खोजेर आफन्तले नोवेल हस्पिटल लगे । त्यहाँ हस्पिटलमा भर्ना लिइएन् । भर्ना नलिएपछि एम्बुलेन्समै राखेर विराट नसिंह होम लगियो । ‘विराटमा लगेपछि तपाईंलाई कसले पठाएर आएको ? डाक्टरले सोध अनि हामीले आफै आएको जवाफ दियौं,’ रमेशकी श्रीमती रेनुले भनिन, ‘त्यसो भए हाम्रोमा बेड छैन, अन्यत्र लानुहोस् ।’ डाक्टरले त्यस्तो जवाफ दिएपछि रमेशका आफन्तले विराट नसिंह होमबाट फेरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तय गरे । र, धरान लगे ।

धरान लगेपछि डाक्टरले रमेशका लागि आइसियू चाहिने र धरानमा नभएकाले गर्दा अन्यत्र लाने सुल्झाए । त्यहाँ केही बेर उपचारका लागि राखियो । ‘वीपीकै डाक्टरले आइसियूका लागि फेरि विराट नसिंह होममा फोन गरेर कुरा मिलाएपछि त्यतातिर लाने क्रममा बाटैमा श्रीमानको मृत्यु हुन पुग्यो,’ रमेशकी श्रीमती रेनुले नागरिकसँग भनिन्, ‘बेलैमा बेड पाएको भए मेरा श्रीमानको मृत्यु हुने थिएन होला, दुईवटा साना साना छोरी भन् । टुहुरा हुने थिएनन् होला ।’

प्रकाशित: २७ वैशाख २०७८ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App