१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सशस्त्र पल्टुनको एक फौज २४ सै घण्टा सीमा गस्तीमा

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ।

सशस्त्र बिटुल्याउँदै सरकार

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सुसुप्त पृथक्तावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताउँदै गर्दा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले पनि राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा र सीमानाकामा राजस्व चुहावटको विषयमा आन्तरिक छलफल गरेको छ।

विमानस्थलमा नेपाल प्रहरी र सशस्त्रबीच विवाद किन ?

अन्तर्राष्ट्रिय सीमा सुरक्षाको कार्यदेश अनुसार विमानस्थल सुरक्षामा सशस्त्र प्रहरी खटाउन कार्यक्षेत्र स्पष्ट नतोकिदा विवाद उत्पन्न भएको हो।

केके छन् पूर्वीपहाडका सुरक्षा अधिकारीका सुरक्षा एजेन्डा ?

पूर्वीपहाडका चार जिल्लाका सुरक्षा अधिकारीहरूको सीमा सुरक्षा बैठकले शान्तिसुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, सीमा सुरक्षा, चोरी निकासी तथा पैठारीविरुद्ध संयुक्त सहकार्य गर्ने निर्णय गरेको छ।

‘गल्ती गर्ने भन्सार र राजस्व, दोषजति सशस्त्रलाई ?’

सीमास्थित भन्सार र राजस्व कार्यालयले गरेका गतिविधिलाई लिएर सशस्त्रका पूर्वकर्मचारीहरूले असन्तुष्टि प्रकट गरेका छन्।

सीमा सुरक्षामा जनतासँगै सशस्त्र

नेपाल–भारत सीमा क्षेत्रमा देखिएका स्थानीय समस्या सुल्झाउन सशस्त्र प्रहरीले स्थानीय नागरिक र जनप्रतिनिधिलाई समेत सक्रिय बनाउन थालेको छ।

सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।

सीमा सुरक्षामा भाषा बन्यो समस्या

खासगरी नेपाल–चीन सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई चिनियाँ भाषा नबुझ्दा समस्या हुने गरेको छ।

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प्रतिबद्धता’ दोहोर्‍याएको हो।

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

‘पाकिस्तानी र चिनियाँले सीमावर्ती नेपाली भूमिमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बल नेपालको भूमिका हुनुपर्छ,’ भारतीय सीमा सुरक्षा बलका महानिर्देशक सुजोयलाल थाउसेनलाई उद्धृत गर्दै सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

खुला सीमा नाकाको फाइदा उठाउँदै अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो।

आफैँ असुरक्षित सुरक्षाकर्मी

‘सीमा क्षेत्रमा कतिबेला तस्करको आक्रमणमा परिने हो,’ एकजना सशस्त्र प्रहरीले भने, ‘असुरक्षित भएर एउठा लाठीको भरमा सीमा सुरक्षामा खटिएका छौं।’ सरकारले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेको भए सीमा सुरक्षामा सहज हुने उनको भनाइ छ। तस्करले बाँकेका भित्री नाका प्रयोग गर्ने गरेको बेलाबेला गुनासाहरु आउने गरेका छन्। त्यस्ता ठूला तस्करलाई सशस्त्र प्रहरीले रोक्दा वा प्रक्राउ गर्दा तस्कर जतिबेला पनि जाइलाग्ने अवस्था भएको सर्वसाधारणहरु बताउँछन्। नेपाल–भारत सीमा नाकाले पनि दुर्गमका सुरक्षाकर्मीलाई असुरक्षित बनाएको भन्दै उनी भन्छन्, ‘सरकारले सीमा सुरक्षाकर्मीलाई प्रविधियुक्त बनाउन जरुरी छ।’

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

सीमा नाकामा नेपालीलाई भारतीय सुरक्षाकर्मीको फरक ब्यवहार

‘किनमेल र अन्य कामका लागि रुपैडिहा जाने प्रायः नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीबाट दिनहुँ कुटाई खानु परेको छ। पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्