२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:० पूर्वाह्न
खेल

त्रिदेशीय महिला टी-२० : आज थाइल्याण्ड र नेदरल्याण्ड्स आमनेसामने

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज (सोमबार) थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने भएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्र सवा १२ बजे शुरू हुनेछ। जारी शृङ्खलामा दुई खेल खेलेको थाइल्यान्डले सबै खेल जितेको छ। 

उता, तीन खेल खेलेको नेदरल्याण्ड्सले पनि दुई खेलमा जित हात पारेको छ। उसले दुबै खेलमा नेपाललाई हराएको हो। तर थाइल्याण्डसँगको खेलमा नेदरल्याण्ड्स पराजित भएको थियो। नेपालले अहिलेसम्म खेलेका तीन वटा खेल नै गुमाएको छ। अब नेपालले खेल्न बाँकी तीन वटा खेल मात्रै छन्। मंगलबार नेपालले थाइल्यान्डसँग, बुधबार नेदरल्याण्ड्ससँग र शुक्रबार पुनः थाइल्यान्डसँग नै आफ्नो अन्तिम खेल खेल्नेछ। 

बिहीबार थाइल्यान्ड र नेदरल्याण्डसबीच पुनः अर्को खेल हुनेछ। लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

प्रकाशित: २१ माघ २०८१ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App