१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तरप्रदेश राष्ट्रिय खेलकुद: निर्मल र सुशीलालाई स्वर्ण

लुम्बिनी प्रदेशका निर्मल पुनमगर र कोशी प्रदेशकी सुशीला राईले प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सोमबार स्वर्ण जितेका छन्।

चितवन उद्योग संघको प्रदर्शन हलमा एकल पुम्सेको पुरुषमा निर्मल र महिलामा सुशीलाले स्वर्ण जितेका हुन्। पुरुषमा गण्डकी प्रदेशका आयुश गुरुङ दोस्रो तथा कोशीका विवेक राई र बागमती प्रदेशका यबन्दिन दाहालले कांस्य जिते।

महिलामा बागमतीकी कविना राईले रजत तथा लुम्बिनीकी सन्जना मगर र गण्डकीकी रितु बुढाथोकीले कांस्य जिते। महिला टिम पुम्सेमा कोशी पहिलो, गण्डकी दोस्रो तथा लुम्बिनी र बागमती तेस्रो बने। पुरुष टिम पुम्सेमा कोशीले स्वर्ण, बागमतीले रजत तथा लुम्बिनी र गण्डकीले कांस्य हात पारे।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भइरहेको अन्तरप्रदेश खेलकुदको पेयर पुम्सेमा कोशीका विवेक राई र सुशीला राईले स्वर्ण जिते। गण्डकीका आयुश गुरुङ र रितु बुढाथोकीले रजत तथा लुम्बिनीका निर्मल पुनमगर र सन्जना मगर÷बागमतीका अब्बास अन्सारी र सुनमैया खातुन तेस्रो भए।

त्यस्तै करातेको पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण, कोशीका विवेक राईले रजत तथा सुदूरपश्चिम प्रदेशका धर्मेन्द्र रेग्मी र लुम्बिनीका आजाद सिंहले कांस्य जिते। सो स्पर्धाको महिलामा सुदूरपश्चिमकी वर्षा साउद प्रथम, बागमतीकी एलिना थिङ द्वितीय तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई तृतीय भए। टिम काताको पुरुष/महिला दुवैमा बागमती पहिलो र लुम्बिनी दोस्रो स्थानमा रहे। पुरुषमा गण्डकी र कोशी तेस्रो बने। महिलामा गण्डकी र सुदूरपश्चिम तेस्रो भए। भलिबल: बागमती र सुदूरपश्चिमको जित बागमती प्रदेश खेलकुद प्रतियोगिताको पहिलो दिनको खेलमा पुरुषतर्पm सुदूरपश्चिम प्रदेश र महिलामा बागमती प्रदेशले सहज जित निकालेका छन्।

सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई सोझो सेटमा हराएको हो। पहिलो सेटमा २५–२१ को जित निकालेको सुदूरपश्चिमले दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–२१ को जित निकालेको हो। पुरुषमा नै सोमबार भएको दोस्रो खेलमा मधेस प्रदेशमाथि गण्डकी प्रदेशले ३–१ सेटको जित निकाल्यो। गण्डकी प्रदेशले २०–२५, २५–११, २५–२१ र २५–१८ को जित निकाल्यो। पुरुषतर्पmकै अन्तिम खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि ३–१ सेटको जित निकालेको छ।

पहिलो सेटम १६–२६ ले पराजित भएको लुम्बिनी दोस्रो सेटमा २५–१८, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–२१ को जित निकाल्यो। महिलामा पनि सोमबार पहिलो खेलमा मधेस प्रदेशमाथि लुम्बिनी प्रदेशले सोझो सेटको जित हात पार्‍यो। लुम्बिनीले २५–१८, २५–२१ र २५–७ को जित निकालेको हो। दोस्रो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि सोझो सेटमा जित निकाल्यो। कर्णालीले २५–१४, २५–२२ र २५–२२ को जित निकालेको हो। दिनको अन्तिम खेलमा बागमतीले कोशी प्रदेशलाई सोझो सेटमा हरायो। बागमतीले कोशीलाई २५–७, २५–१३ र २५–१४ ले हराएको हो।

अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिता वैशाख १ गतेसम्म चल्नेछ।

प्रकाशित: २७ चैत्र २०८० ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App