१० पुस २०८२ बिहीबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा लगातार दोस्रो दिन नेप्सेमा वृद्धि, कारोबार रकम भने घट्यो

नयाँ वर्ष लागेपछि कारोबार हुने दोस्रो दिन पनि नेप्से परिसूचक बढेको छ।

बुधबार ७.०१ अङ्कले बढेर नेप्से २६९६.२३ विन्दुमा पुगेको छ। मंगलबार पनि बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार सेन्सेटिभ इण्डेक्स १.३० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.७० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अङ्क बढेको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार नेप्सेमा साढे ८ अर्ब बराबरको कारोबार भएको थियो।

बुधबार ३२९ स्टकको ६४ हजार ३६० पटकको कारोबारमा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६३ प्रतिशत बढेको छ।

विकास बैंक उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०७ प्रतिशत घटेको छ।

बुधबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, बाराही हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र राधी विद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

ङादी ग्रुप पावरको शेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सर्वाधिक ५.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५९ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

राधी विद्युत् कम्पनीको साढे ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बाराही हाइड्रोपावरको करिब ४३ करोडको शेयर किनबेच भएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App