१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

कवाडी संकलकमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं महानगरपालिकाको प्रहरी बलले बालुवाटारमा एक व्यक्तिप्रति प्रहरी टोलीले गरेको अमर्यादित व्यवहारमा संलग्न नगर प्रहरीमाथि कारबाही गरेको छ।

बुधबार बिहान ८ बजे बालुवाटार क्षेत्रमा भएको उक्त घटनामा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाई महानगर प्रहरी ऐन, २०८० बमोजिम कारबाहीका लागि कार्यालयमा तानिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। भिडियोमा नगर प्रहरीले कवाडी संकलन गर्ने ती व्यक्तिको साइकल खोसेर अमर्यादित व्यवहार गरेको देखिन्छ।

पाण्डेले घटनालाई गैरव्यावसायिक र अमर्यादित भएको स्वीकार गर्दै दोषीमाथि आवश्यक कारबाही हुने बताए।

सामाजिक सञ्जालमा उक्त घटनाको चर्को आलोचना भएपछि महानगरपालिकाले तत्काल प्रेस विज्ञप्ति जारी गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो।

प्रकाशित: ३ वैशाख २०८२ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App