१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसमा कसैले भीम रावल बन्नु पर्दैन : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा कसैले भीम रावल बन्न नपर्ने बताएका छन्।

बिहीबार (आज) बारा क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन,' उनले भने, 'कोही भीम रावल बन्दैन। किनकि यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बाको पार्टी होइन।'

एमाले नेता भीम रावल फरक मत राखेकैले पार्टीबाट निलम्बित भएका थिए। रावलको दृष्टान्त दिँदै थापाले कांग्रेस एमालेभन्दा फरक दल भएको बताएका हुन्।

प्रकाशित: ३ वैशाख २०८२ १७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App