यो वर्षको दशैंको मौसम कस्तो ?, कुनकुन दिन पानी पर्ने पूर्वानुमान ?
फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ ।

