१८ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर

ताप्लेजुङ फक्ताङलुङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सहचालक गम्भीर घाइते भएका छन्।

फक्ताङलुङ गाउँपालिका-५ लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको जिप अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक पाँचथर फिदिम नगरपालिका-३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि आधारभूत स्वास्थ्य चौकी तापेथोक पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा गम्भीर घाइते सहचालक फिदिम नगरपालिका-३ का सौजन श्रेष्ठको ढाँडमा गम्भीर चोट लागेको र थप उपचारका लागि ताप्लेजुङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App