१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

अब कता जाला देश ?

फागुन २१ को निर्वाचन र प्राप्त परिणामले अब देशमा पाँच वर्षे शासन गर्ने स्थायी सरकार आयो । अब कामको कुरा हुन्छ । देश बनाउने हाम्रै पालामा हो र बन्छ भन्ने मनोभाव विकास भएको थियो ।  

त्यसमा पनि कम बोल्ने र सामाजिक सञ्जालबाट लोकप्रिय भएका काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह देशको प्रधानमन्त्री बनेपछि प्रणालीगत सुधारसहित देशले विकास, सुशासन, आर्थिक समृद्धिको यात्रा तय गर्छ भन्ने थियो ।  

तर एकाएक आज फेरि सडक रक्ताम्य भएको छ । हिजो सत्तामा भएको नेकपा एमाले सडकमा रगत बगाउँदैछ भने हिजोको जेनजी आन्दोलनमा सहयोगी भएर काम गर्ने अहिले रास्वपाका नेता नवनिर्वाचित सांसद तथा वर्तमान सरकारका गृहमन्‍त्री सुदन गुरुङ आन्दोलनरत पक्षलाई हटाउन प्रहरीलाई परिचालन गरिरहेका छन् ।  

यसलाई एकथरीले कानुनको पालना भनेका छन् भने अर्कोथरीले प्रतिशोधको राजनीति जे भए पनि क्षति नेपाललाई नै हो । यो अवस्था नआओस भन्नका लागि हिजैमात्र सत्ता हस्तान्तरण गरेकी निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले पनि ननिवर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिँदै भनेकी थिइन्, ‘जोशमा होस् पुर्‍याएर काम गर्नू ।’

नयाँ सरकारमा त्यो जोश देखिएको छ । जोशपूर्ण काम नै जनताको नेपाली नागरिकको अपेक्षा हो । तर प्रतिशोधको राजनीति भए यसले क्षति नेपालीलाई नै गराउँछ । यस विषयमा वर्तमान सरकारले सोचबुझपूर्ण निर्णय लिने अपेक्षा छ ।  

विगतमा कुनै दलले बहुमत जुटाउन नसक्दा फेरिने सत्तासमीकरणबाट आजित भएका नागरिकले दिएको मतलाई रास्वपाले सोही अनुसार प्रयोग गर्न सक्नुपर्छ ।

प्रकाशित: १४ चैत्र २०८२ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App