११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

अशोक शेरचन ०८३ सालसम्मै प्रभु बैङ्कको सिइओ हुन पाउने

क्याप्शन

प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले पूरा अवधिभर काम गर्न पाउने भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिएपछि शेरचनले सिइओका रुपमा २०८३ सालको माघसम्मै पूरा अवधि काम गर्न पाउने भएका हुन्।

उनलाई बैङ्कको सञ्चालक समितिले २०७९ सालमा तेस्रो पटक सिइओ नियुक्त गरेको थियो।

अधिवक्ता अनिता थापाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ मा एउटा व्यक्ति दुई पटक मात्रै सिइओ बन्न पाउने व्यवस्था रहेको जिकिर गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।

उच्च अदालतले थापाको मुद्दामा सुनुवाइ गर्दै कार्यकाल गणना गरेर यही वैशाख ९ गते सकिने फैसला गरेपछि शेरचन सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चले उच्चको आदेशमा कारण देखाऊ आदेश जारी गर्दै शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित: ३ वैशाख २०८२ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App