२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाललाई र्‍याफ्टिङमा स्वर्ण

पदक विजेता नेपाली खेलाडी (नीलो)।तस्बिर सौजन्य: राजीव श्रेष्ठ

नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा शनिबार स्वर्ण जितेको छ।

भारतको हिमाचल प्रदेशस्थित सिमलामा सम्पन्न च्याम्पियनसिपको उक्त स्पर्धामा नेपालले १२० अंक जोड्दै स्वर्ण जितेको हो। अन्तर्राष्ट्रिय र्‍याफ्टिङ इतिहासमा नेपालको यो अहिलेसम्मकै ठूलो सफलता हो।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले च्याम्पियनसिपमा नेपालको सफलताबारे जानकारी दिए। हेड टु हेडमा भारतकै दुई टोली क्रमशः रजत र कांस्य पदक जित्न सफल भए। भारत बेलगाउँले १०८ अंक ल्याउँदा भारत एलोङ ९६ अंकसहित तेस्रो भयो। स्लालममा विधामा भने नेपाल कांस्य पदकमा खुम्चियो।

यो विधामा नेपालले ८० अंक बटुलेको थियो। शीर्ष दुईमा रहेका भारत राइभोलाले १०० अंक र भारत बेलगाउँले ९० अंक प्राप्त गरे। डाउन रिभरमा भने नेपाल चौथो स्थानमा सीमित भयो।

यो विधामा भारतका तीन टोली नै शीर्ष तीनमा रहे। एलोङ ८० अंकसहित पहिलो भयो। भारत बेलगाउँले ७० अंक र भारत राइभोलाले ६४ अंक बटुल्दै दोस्रो र तेस्रो स्थान प्राप्त गरे। नेपालको टोलीले भने ६० अंक जोड्यो। समग्र टिममा भने नेपाल दोस्रो स्थानमा सीमित भयो।

भीष्म थपलियाले प्रशिक्षण दिएको नेपाल टोलीबाट सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगरले चुनौती प्रस्तुत गरेका थिए। नेपाली टोलीको टिम व्यवस्थापकमा महेश थापा थिए। विश्व र्‍याफ्टिङ फेडेरेसनको मान्यता प्राप्त यो च्याम्पियनसिपमा भारतका चार टिम, काजकिस्तान, इराक, किर्गिस्तान र नेपालका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०८० ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App