११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षकहरुको मागबारे माओवादीले संसद्‍मा आवाज उठाउने

नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरुका जायज माग सम्बोधनका लागि संसद्‍मा आवाज उठाउने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको निष्कर्ष निकाल्दै संसद्‍बाटै पहल गर्ने बताएको हो । संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको वर्षे अधिवेशन भोलि (शुक्रबार) सुरु हुँदैछ ।  

दलको बैठकमा धारणा राख्दै अध्यक्ष पुष्पकमल दाहालले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहे पनि सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए।  

शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष दाहालले संसद्‍बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि निर्देशन दिए ।  

संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै ती विधेयक संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा उनको जोड थियो।  

प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो ।

प्रकाशित: ११ वैशाख २०८२ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App