साहित्यकार घनश्याम पन्तको अध्यक्षतामा एघार सदस्यीय बुढ्यौली साहित्य समाज गठन भएकाे छ।
बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीकाे आयोजनामा श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय कर्मैया सर्लाहीमा संस्थाकाे प्रथम अधिवेशन तथा एघाराैं शृङ्खला भएको हाे।
आयोजित संस्थाकाे रामचन्द्र कुशवाहाको संयाेजकत्वमा सञ्चालित बन्द सत्रले घनश्याम पन्तको अध्यक्षतामा एघार सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ। जसकाे उपाध्यक्षमा रेणु गुप्ता, सचिवमा किसुनदयाल यादव, कोषाध्यक्षमा राम उदित रहेका छन्। त्यस्तै मीना देवकोटा, मुकेश मिश्र, टङ्क उप्रेती, अर्जुन थापा र केदार सिग्देल सदस्यमा निर्वाचित भएका छन्।
संस्थाका अध्यक्ष लम्बोदर काफ्लेकाे अध्यक्षता, घनश्याम पन्तकाे सञ्चालनमा कार्यक्रम भएकाे हाे। रेणु गुप्ताले शब्द मार्फत सहभागीलाई स्वागत गरेका थिए।
कार्यक्रममा मधेस प्रदेशका बारा, महोत्तरी, रौतहट, पर्सा, सर्लाहीका साथै वाग्मती प्रदेशको मकवानपुर, सिन्धुलीका साहित्यकारहरूको उपस्थिति थियो।
उक्त कार्यक्रममा कुमार दाहाल कुसुम, माधव काफ्ले, लालबाबु शर्मा, बाबुराम फुयाल, लक्ष्मण पोखरेलले छन्द कविता वाचन गरेका थिए।
त्यस्तै राम उदित, शम्भु गजुरेल, नारद काफ्ले, भवानी घिमिरे, सीता पन्थी, मीना देवकोटा, अमरिस भगत, टङ्क उप्रेती, लीला खड्का, लक्ष्मण पौडेल र अर्चना लुइँटेलले गद्य कविता वाचेका थिए।
यसै गरी हरिकृष्ण काफ्ले र प्रदीप धनञ्जयले मुक्तक र धनमाया राई र सुमित्रा आचार्यले गजल वाचन गरेका थिए।
उक्त अवसरमा बुढ्यौली साहित्य समाज गठन अभियानमा सक्रिय रहेवापत नियात्राकार रमेशमोहन अधिकारी र कार्यक्रमको प्रायोजन गरिदिएकाेमा रमेशकुमार निरौलालाई सम्मान गरिएको थियो।
प्रकाशित: ११ पुस २०८२ १०:३९ शुक्रबार





