३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अर्थमन्त्री र चिनियाँ राजदूतबिच भेट : नेपाल-चीन आर्थिक साझेदारी सुदृढ बनाउने प्रतिबद्धता

अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबिच भेटवार्ता भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबिच लामो समयदेखिको मित्रतालाई अझ सुदृढ पार्ने र आर्थिक सहयोगका क्षेत्रलाई विस्तार गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

भेटपछि अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेख्दै अर्थ मन्त्रालयमा चिनियाँ राजदूतलाई स्वागत गर्न पाउनु एउटा विशिष्ट सम्मानको कुरा भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो भेट न्यानोपन, पारस्परिक सम्मान र नेपाल र चीनबिचको लामो समयदेखिको मित्रतालाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धताले भरिएको थियो।’

भेटका क्रममा दुई पक्षबिच आर्थिक सहयोगलाई गहिरो बनाउने, विकास साझेदारी बढाउने र नेपालको दिगो विकास तथा समृद्धिमा योगदान पुर्‍याउने पहलहरूलाई अगाडि बढाउने बारेमा अर्थपूर्ण छलफल भएको थियो। अर्थमन्त्री खनालले पारस्परिक रूपमा लाभदायक हुने यस्ता कार्यक्रमहरूले नेपालको विकासमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १६ फाल्गुन २०८२ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App