घरेलु मैदानमा जारी एसेज ‘बक्सिङ-डे’ क्रिकेटमा अस्ट्रेलिया पहिलो इनिङमा १५२ रनमै अलआउट भएको छ। अस्ट्रेलियाविरुद्ध इङ्ल्यान्डको एसेज शृंखलाको चौथो टेस्ट खेल मेलबर्न क्रिकेट मैदानमा भइरहेको छ।
इङ्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। उसले अस्ट्रेलियालाई पहिलो इनिङमा १५२ रनमा अलआउट गरेको हो। जोश टङले ५ विकेट लिएका थिए।
इङ्ल्यान्ड आफ्नो पहिलो इनिङमा ब्याटिङ गर्दा सुरुमै लड्खडाएको छ। ११ ओभरको खेल भइसक्दा चार विकेट गुमाएर ३९ रन मात्र बनाएको छ। अस्ट्रेलियाली बलरहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दै इङ्ल्यान्डलाई दबाबमा राखेका छन्। खेलको पहिलो दिनमा दुवै टोलीका ब्याटरहरूले संघर्ष गर्नुपरेको छ।
एसेज ‘बक्सिङ-डे’ क्रिकेट भनेको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको प्रसिद्ध एसेज टेस्ट शृंखलाको विशेष म्याच हो, जुन हरेक वर्ष डिसेम्बर २६ (क्रिसमसको भोलिपल्ट) मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुन्छ।
यो विश्वको सबैभन्दा ठुलो क्रिकेट उत्सवमध्ये एक हो।
प्रकाशित: ११ पुस २०८२ ११:०० शुक्रबार





