प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. २ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। साँझ ६:०० बजेसम्मको ताजा मतगणना अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतोले ६ हजार ९९० मतका साथ अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई ठुलो मतान्तरले पछाडि पारेका छन्।
जानकारी अनुसार नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादव २ हजार ४२९ मतका साथ दोस्रो स्थानमा रहेका छन्। त्यस्तै, जाँतो चुनाव चिह्नका राजेन्द्र महतोले एक हजार ८९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सरोज कुमारले ६७७ मत पाएका छन्। नेकपा (एमाले) का नागेश्वर साह ३३८ मतका साथ प्रतिस्पर्धामा रहेका छन्। हालसम्मको गणनामा एक हजार ७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:३४ शुक्रबार





-600x400.jpg)