९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

शशांकको घरमा भेला भएका कांग्रेस नेता (तस्बिरहरू)

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेका छन्। बिहीबार महाराजगन्जस्थित निवासमा कांग्रेसका प्रभावशाली नेता तथा कार्यकर्ताहरूलाई भेला पारेर चियापानको आयोजना गरेका हुन्। 

शशांकले आफै फेसबुकमार्फत सार्वजनिक गरेका तस्बिरहरूमा पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधि,  विजयकुमार गच्छदार, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी देखिन्छन्। 

यस्तै नेताहरू एनपी साउद, डा. प्रकाश शरण महत, दीपक गिरि, महेश आचार्य, ऊर्जा मन्त्री दीपक खड्का, शिवप्रसाद हुमागाईँ, पुष्पा भुसाल, अम्बिका बस्नेत, उर्मिला थपलिया, गुरु बराललगायतका नेताहरू पनि सहभागी भएका छन्। 

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा शशांकले गरेको यो चियापान कार्यक्रमलाई अर्थपूर्ण किसिमले हेरिएको छ। पछिल्लो समय बिपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रले छलफल थालेका थिए।

 तस्बिरहरुः डा. शशांक कोइरालाको फेसबुकबाट साभार

प्रकाशित: ११ वैशाख २०८२ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App