२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइसीसी यू–१९ विश्वकपः उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

आइसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलियाबीच खेल हुँदैछ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको आजको अन्तिम खेल बेनोनीमा दिउँसो १ः४५ बजे सुरु हुनेछ।

भारतले आयोजक दक्षिण अफ्रिकालाई सेमिफाइनलमा हराएर फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

आजको खेलमा भारतले जित हात पार्यो भने उसले छैठौँ पटक उपाधि जित्ने छ। जबकी अस्ट्रेलियाको जित हात पार्यो भने यो उसको चौँथो उपाधी हुनेछ।

यसअघि भारतले दुईपटक अस्ट्रेलियालाई फाइनलमा हराइसकेको छ। 

प्रकाशित: २८ माघ २०८० ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App