१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले मञ्चबाट बालेनलाई सुनिताको सन्देश: स्टन्टले देश बन्दैन

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्टन्टबाट देश नबन्ने बताएकी छन्।

बिहीबार एमालेले काठमाडौंमा आयोजना गरेको युवा उत्सव (युथ सेलेब्रेसन) लाई सम्बोधन गर्दै डंगोलले यस्तो बताएकी हुन्।

‘हामी हल्लाका पछाडि लाग्दैनौँ। अहिले हामी देख्छौ–धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ। पपुलर बन्नुहुन्छ। अनि पपुलर बनेरै देश बन्छ जस्तो लाग्छ। अरुलाई गाली गरेरै देश बन्छ जस्तो लाग्छ,’ डंगोलले भनिन्, ‘तर स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने योजनाअनुसार काम गर्नुपर्छ। काममा इमान्दारित हुनुपर्छ।’

तर, एमाले कार्यकर्ता स्टन्ट गर्ने युवा नभई काम गर्ने युवा रहेको उनले दाबी गरिन्। ‘हामी अराजक युवा होइनौँ, अनुशासित युवा बनौँ,’ उनले भनिन्।

प्रकाशित: ११ वैशाख २०८२ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App