काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, ढुङ्गेअड्डा पिपलबोटमा बिहीबार एक सार्वजनिक बसमा आगलागी भएको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
बिहीबार कलङ्कीबाट थानकोटतर्फ आउँदै गरेको बा.प्र.०३-०१-००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको बसमा तार सर्ट भएर फाइबरमा आगलागी भएको प्रहरी बृत्त थानकोटले जनाएको छ।
चन्द्रागिरी नगरपालिकाको दमकल, स्थानीय पानी ट्याङ्कर, प्रहरी र स्थानीयको सहयोगमा करिब २० मिनेटपछि आगलागी नियन्त्रणमा लिइएको हो। बस पूर्णरूपमा जलेर क्षति भएको छ भने कुनैपनि मानवीय क्षति छैन।
प्रकाशित: ११ वैशाख २०८२ १६:१७ बिहीबार





