११ पुस २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

फिल्म 'कोशेढुङ्गा' मा यस्तो छ सुरक्षाको लुक्स

चलचित्र 'कोशेढुङ्गा' को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले बिहीबार फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो ।

भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहित जस्तो देखिन्छ ।

उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ । तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन ।

घर, पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ । केही समय छोडिएको घर पुन: फर्किएर बस्नेगरी गएको हो कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन । 'पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ । यसलाई अहिले यतिमै सीमित गरौँ,' 'कोशेढुङ्गा' का निर्देशक सरोज पौडेलले भने,'अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ।'

चलचित्र 'कोशेढुङ्गा' मा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ ।

प्रकाशित: ११ वैशाख २०८२ १७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App