सुर्खेत जिल्ला सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराईबाट निकालेको छ ।
५८ वर्षका गोबिन्द पोख्रेल पौडी खेल्ने क्रममा बुधबार नदीमा बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको टोलीले बिहीबार दिउँसो उनको शव ५० फिट गहिराईबाट बाहिर निकालेको हो ।
उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजिकार्यको लागि टोलि परिचालन गरिएको थियो । सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
प्रकाशित: ११ वैशाख २०८२ १६:२० बिहीबार





