१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले लिए शपथ

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बिहीबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिउँसो ४ बजे आयोजित समारोहमा उनलाई शपथ खुवाएका हुन्।

नेकपा (एमाले) का सांसद पन्तलाई बुधबार मन्त्री नियुक्त गरिएको थियो। यसअघि निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले यसै साता राजीनामा दिएकी थिइन्।

शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका अधिकारीहरू, उच्चपदस्थ व्यक्तित्वहरू र सरकारी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ वैशाख २०८२ १६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App