राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबिच सात बुँदे सहमति भएको छ।
सहमतिमा जेनजी युवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र घाइते तथा सहिद परिवारका माग यथोचित सम्बोधन गर्ने उल्लेख छ।
पहिलो बुँदामा ‘नव (जेनजी) युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने’ भनिएको छ।
सबैभन्दा ठुलो खुलासा चौथो बुँदामा छ ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको छ।
सहमतिपछि नयाँ बन्ने दल, चुनाव चिह्न र पार्टी कार्यालयको नाम पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने र संगठनमा युवालाई व्यापक सहभागी गराउने विषय पनि समावेश छ।
यो पनि पढ्नुहोस्
सम्झौतापछि रविले भने : सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छयो पनि पढ्नुहोस्
रवि-बालेनबिच ७ बुँदे सहमति : बालेनलाई आगामी प्रधानमन्त्री, रविलाई पार्टी नेतृत्व (पत्रसहित)
प्रकाशित: १३ पुस २०८२ ०६:४६ आइतबार





