२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

अन्तर्राष्ट्रिय महिला दिवसमा बालेन्द्र शाहको शुभकामना

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रधानमन्त्रीका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सबै नेपाली महिलालाई शुभकामना व्यक्त गरेका छन्। 

शाहले सामाजिक सञ्जालमार्फत महिलाको सम्मान, समानता र सशक्तीकरण नै समुन्नत समाज निर्माणको आधार भएको बताएका छन्। उनले आफ्नो सन्देशसँगै प्रधानमन्त्री सुशीला कार्की,आफ्नी श्रीमती र आमासँगको तस्बिर पनि साझा गरेका छन्।  

सामाजिक सञ्जालमा उनले संस्कृत श्लोक लेखेका छन् :

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥’  

शाहले नारीलाई जननी, अभिभावक र साथीको रूपमा व्याख्या गर्दै समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण हुने र समुन्नत समाज निर्माणका लागि महिलाको सम्मान, समान अवसर र सशक्तीकरण आवश्यक रहेको बताएका छन्। 

उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण महिलाहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App