२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ रास्वपाको स्पष्ट अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा  समानुपातिक प्रणालीतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक मत प्राप्त गर्दै अग्रता कायम गरेको छ।  

आइतबार बिहानसम्म २३ लाख ७४ हजार ६२६ मत गणना हुँदा रास्वपाले ठूलो मतान्तरसहित अगाडी आएको हो। अहिलेसम्म रास्वपाले १२ लाख ३ हजार १२४ मत प्राप्त गरेको छ, जुन कुल मतको आधाभन्दा बढी मत हो। 

त्यसैगरी समानुपातिक मतपरिणाममा दोस्रो स्थानमा रहेको नेपाली काग्रेसले  ४ लाख ४ हजार २३० मत प्राप्त गरेको छ। त्यसैगरी तेस्रो स्थानमा रहेको  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३ लाख २२ हजार ५०१ मत प्राप्त गरेको छ।  

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ लाख ५६ हजार १६६ मत प्राप्त गर्दै समानुपातिक तर्फ चौथो स्थानमा आएको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८ हजार २३८, श्रम संस्कृति पार्टीले ले ४७ हजार ३४५ मत र  राष्ट्रिय परिवर्तन पार्टी समानुपातिक तर्फ ३१ हजार १९० मत प्राप्त गरेको छ। समानुपातिक प्रणालीमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाकी नै छ ।  

प्रकाशित: २४ फाल्गुन २०८२ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App