१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

जडीबुटी सङ्कल गर्न जाँदा सम्पर्कविहीन भएका हुम्लाका १० जना ७ दिनपछि सकुशल भेटिए

जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन्।

सिमकोट गाउँपालिका–२ ठेहेगाउँका उनीहरू भदौ २८ गते जडीबुटी सङ्कलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चङ्खेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पेखोला जङ्गलतर्फ गएका थिए।

असोज ८ गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सोमबार दशै जना सकुशल सम्पर्कमा आएका बताए।

सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन्।

प्रकाशित: १२ आश्विन २०८३ २१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App